बझाङ पुगे प्रधानमन्त्री दाहाल

बझाङ पुगे प्रधानमन्त्री दाहाल
तस्बिर : प्रताप ओली

बझाङ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ पुगेका छन् ।  प्रधानमन्त्री दाहाल भर्खरै नेपाली सेनाको हेलिकोप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरेका हुन्।

उनले भूकम्पले बढी क्षति पुर्‍याएका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्नेलगायत कार्यक्रम निर्धारण गरिएको छ । प्रधानन्त्री दाहालले चैरपुर र तालकोटमा भूकम्पबाट भएको क्षतिको जानकारी लिनेछन्।

बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले प्रधानमन्त्री प्रचण्डलाई भूकम्पबाट प्रभावित प्रतिनिधिमुलक ठाउँहरु देखाउने तयारी गरिएको जानकारी दिए । बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति पुर्‍याएको छ ।

भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ । घाइतेहरूमध्ये १३ जना उपचार गरेर घर फर्किसकेका छन् भने ५ जनालाई अन्यत्र रिफर गरिएको छ । जिल्ला अस्पतालमा दुईजना उपचाररत छन् । जिल्लामै उपचाररत घाइतेको अवस्था सामान्य छ ।

प्रधानमन्त्री दाहाल बझाङ आउने भएपछि सदरमुकाम चैनपुर र आसपासमा सुरक्षा व्यवस्था कडा  बनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.