बजार अनुगमनसँगै कर शिक्षा

बजार अनुगमनसँगै कर शिक्षा
सुन्नुहोस्

डोटी : करदाता सेवा कार्यालय डोटीले नियमित रूपमा बजार अनुगमन गर्नुका साथै व्यापारीहरूलाई कर शिक्षा समेत दिइरहेको छ।

राजश्व छली रोक्न तथा करको दायराभन्दा बाहिर रहेका व्यवसायीहरूलाई करको दायरामा ल्याउन नियमित रूपमा बजार अनुगमन गर्न थालिएको करदाता सेवा कार्यालय डोटीका कर अधिकृत अमर थापाले जानकारी दिए। साथै साना व्यापारीहरूलाई करका विषयमा ज्ञान नहुने भएकाले कर शिक्षा समेत दिन थालिएको थापाले बताए।

बुधबार आदर्श गाउँपालिका विभिन्न स्थान र सायल गाउँपालिकाको मेल्लेक बजारको अनुगमन गरिएको थियो। बजार अनुगमनका क्रममा विभिन्न पसलहरूबाट स्टिकर नभएको २५० पोकाभन्दा बढी इन्डियन आन्टी, १५० पोकाभन्दा बढी सुपर पावर केही थान इन्डियन बिडी बरामद गरेको बताइएको छ।

आन्तरिक राजस्व विभागको परिपत्र अनुसार करदाता सेवा कार्यालय डोटीले दैनिक रूपमा बजार अनुगमन गरिरहेको हो। आगामी दिनमा समेत जिल्लाका सबै स्थानीय तहमा निरन्तर बजार अनुगमन हुने करदाता सेवा कार्यालयका कर अधिकृत थापाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.