बजारमा बढ्यो कालोबजारी, आकासियो तेलदेखि चामलको मूल्य

बजारमा बढ्यो कालोबजारी, आकासियो तेलदेखि चामलको मूल्य
तस्बिर : अन्नपूर्ण

गुल्मी : चाडपर्व नजिकिएसँगै बजारमा दैनिक उपभोग्य वस्तुको मुल्य आकासिएको छ । बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । चामल,चिनी,दाल,मैदा,तेल, आटा,मसलालगायतका खाद्यान्नको मूल्य बढेको भएको हो ।

बजारमा उपभोग्य वस्तुको मुल्य आकासिए पछि ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका सर्वसाधारण थप समस्यामा परेको उपभोक्ता कुलमण पन्थीले बताए ।  

छिमेकी देश भारतले दैनिक उपभोग्य खाद्यान्न चामललगायतका वस्तुमा मूल्य वृद्धि गरेको भन्दै नेपालका उद्योगी व्यवसायीले नेपालमै उत्पादन हुने खाद्यान्नको समेत मूल्य वृद्धि गरेका छन् । 

बजारका पसलपिच्छे उपभोग्य वस्तुको मुल्य फरक छ । चाडपर्वमा अन्य समयमा भन्दा दैनिक उपभोग्य वस्तुको खपत बढी हुन्छ । व्यापारीले चाडपर्वको मौकामा अचाक्ली मुल्य बढाएको उपभोक्ताहरूको आरोप छ । दैनिक मुल्य वृद्धि हुँदा सरोकार नागरिकप्रति गैरजिम्मेवार भएको उनीहरुको गुनासो छ । 

प्रशासनले भने समय सयममा बजार अनुगमन गरिरहेको बताएको छ । पछिल्लो समय बजारमा देखिएको समस्या पहिचान गर्न अनुगमनलाई तीव्र पारेर कालोबजारी गर्ने व्यापारीलाई कारवाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरले बताए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.