दोलखामा ७२ वर्षीय बृद्धको खुकुरी प्रहारबाट श्रीमती र नातिनी घाइते
![दोलखामा ७२ वर्षीय बृद्धको खुकुरी प्रहारबाट श्रीमती र नातिनी घाइते](https://annapurnapost.prixacdn.net/media/albums/Khukuri_rBZelsTzpb_okI7cXhJpa.jpg)
दोलखा : तामाकोशी गाउँपालिका - २ झुलेमा एक बृद्धले श्रीमती र नातिनीलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्। मानसिक अवस्था ठिक नभएका ७२ वर्षीय मोहनबहादुर कार्कीले श्रीमती र नातिनीलाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन्।
गएराति करिब १० बजे कार्कीले ६८ वर्षीया श्रीमती तारादेवी कार्की र ८ वर्षिया नातिनी सुहाना कार्कीलाई खुकुरी प्रहार गरेका थिए। छिमेकी शैलेस कार्कीका अनुसार आज बिहान दुवै जना गम्भीर घाइते अवस्थामा फेला परेका हुन्। उनीहरुको अत्यधिक रक्तश्राव भएको स्थानीयले बताएका छन्।
दुवै जनालाई घटनास्थलवाट उद्धार गरी चरिकोटको च्छो रोल्पा अस्पतालमा उपचार भइरहेको छ। श्रीमती र नातिनीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाउने मोहनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)