विधेयकविरुद्ध प्रदर्शन

देशभरका शिक्षक आन्दोलित, उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित (फोटोफिचर)

देशभरका शिक्षक आन्दोलित, उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित (फोटोफिचर)
तस्बिर : सुनिता डंगोल

काठमाडौं : संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित बनेका हुन्। नेपाल शिक्षक संघको आह्वानमा बुधबार देशभरिका शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भएका हुन्। 

null

शिक्षकको आन्दोलनका कारण माइतीघर-बानेश्वर सडकखण्डको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। उनीहरुले सडक  ढाकेर उनीहरुले गरेको विरोध प्रदर्शनले काठमाडौंको ट्राफिक अस्तव्यस्त बनिरहेको छ। प्रदर्शनकाक्रममा प्रहरी र शिक्षकबीच धकेला धकेलसमेत भएको छ।  माइतीघरमा भेला भएका शिक्षकहरु जुलुससहित नयाँ बानेश्वर पुगेका हुन् । नयाँ बानेश्वर पुगेर शिक्षकहरुको जुलुस कोणसभामा परिणत भएको छ। 

null

अस्थायी अवधि गणना तथा निवृत्तिभरण,शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा समेत विधेयकले कुनै सम्बोधन गर्न नसकेको महासंघको बुझाइ छ। शिक्षकको  नियुक्ति, सरुवा, बढुवामा स्थानीय तहलाई भूमिका दिदा मनोमानी हुने र शिक्षकमाथि ज्यादती हुने भएकाले शिक्षकको नियुक्ति, सरुवा, बढुवा लगाएतको भूमिका जिल्ला शिक्षा कार्यालयलाई दिनुपर्ने र केहि भूमिका प्रदेश तहमार्फत राखिनुपर्ने महासंघको माग छ।

आन्दोलनको कार्यक्रम घोषणा गरेपछि शिक्षा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेर मंगलबार दिउँसो ३ बजे वार्तामा आउन महासंघलाई अपिल गरेपनि शिक्षकहरु वार्तामा गएनन्। संसदमा शिक्षा सम्बन्धि विधेयक दर्ता भइसकेकाले शिक्षा मन्त्रालयले गर्ने वार्ताबाट समस्या समाधान नहुने भएको वार्तामा नगएको शिक्षक महासंघको भनाई छ। 

‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक को मस्यौदा माथि नेपाल शिक्षक महासंघले पेश गरेको सुझावमा रहेका महत्वपूर्ण मुद्दाहरुलाई पटकपटकको संवाद र छलफल पछि पनि समावेश नै नगरी त्यसलाई विधेयकको रुपमा संसदमा पेश भएको उनीहरुको भनाई छ।

उनीहरुले आजबाट देशभरिका विद्यालय बन्द गरी काठमाडौंमा गरिने सडक आन्दोलन सहभागी हुन सबै शिक्षक-कर्मचारीहरुलाई आह्वान गरेका छन्। १७ बुँदे माग राख्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस विधेयकले एकातिर स्थायी, अस्थायी / करार, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार र संस्थागत विद्यालयका शिक्षक लगायत सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीका मुलभूत मुद्दाहरुलाई सम्बोधन गर्न सकेको छैन भने अर्कोतिर संविधान प्रदत्त ट्रेड युनियन अधिकारमाथि पनि अङ्कुश लगाउन खोजेको छ। साथै यसले आम नेपाली शिक्षक-कर्मचारीको पेसागत सम्मान र सुरक्षामा समेत गम्भीर सङ्कट ल्याउने निश्चित छ। यी सबै समस्याहरुको एकमुष्ट समाधान गर्न नेपाल शिक्षक महासंघ कडा आन्दोलनमा जान बाध्य भएको छ।’nullnull

nullnullnullnull

तस्बिर : सुनिता डंगोल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.