चिकित्सक कुटपिटमा संलग्नलाई तीन दिन म्याद थप
हेटौंडा : चिकित्सक कुटपिट प्रकरणका आरोपी ४ जनाविरुद्ध अनुसन्धानको लागि ३ दिन म्याद थप भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार जिल्ला अदालत मकवानपुरले ३ दिनको म्याद थप गरी ४ जनालाई प्रहरी हिरासतमा राखि अनुसन्धान गर्न समय दिएको हो।
घटनामा संलग्न ४ जनालाई सीसीटीभी फुटेजका आधारमा पक्राउ गरिएको थियो। कुटपिटमा संलग्न ८-१० जनाको समूह रहेको र बाँकीको खोजी भइरहेको प्रहरीको भनाइ छ।
गत साउन २५ गते डेंगु संक्रमणका कारण हेटौंडा-१२ का राजेश प्रधानको मृत्यु भएको थियो। सोही विषयलाई लिएर सन्चो अस्पतालका चिकित्सक विकास थापा र प्रविण विडारी बुधबार कुटपिट भएको थियो।
प्रधानको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो। त्यसअघि हेटौंडा-१ स्थित उक्त अस्पतालमा उपचारका लागि भर्ना भएका प्रधानलाई थप उपचारका लागि भरतपुर रिफर गरिएको थियो।