घुसहित सहायक वन अधिकृत पक्राउ

घुसहित सहायक वन अधिकृत पक्राउ
सुन्नुहोस्

डोटी : डोटीको जोरायल गाउँपालिका-२ बुडरमा रहेको सब डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत भक्तराज गिरी ५ हजार घुससहित पक्राउ परेका छन्। निजी आवादी जमिनबाट संकलित दाउराको छुट पुर्जी बनाउँदा स्थानीय व्यवसायी गणेश भण्डारीबाट पाँच हजार रकम लिँदै गर्दा स्थानीय बासिन्दाले उनलाई रङ्गेहात नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बुडरको जिम्मा लगाएका हुन्।

दाउरा व्यवसायी भण्डारीका अनुसार स्थानीय जयानन्द ओझाको लालपूर्जा भएको जमिनबाट कानुनी प्रक्रिया पूरा गरी संकलित दाउराको निकासीका लागि पटक पटक छुटपुर्जी माग गर्दा दाउराको प्रति के.जी.का हिसाबले रकम माग गरेपछि रु. १० हजार यस अगावै लिइसकेको बताए। त्यति गर्दा पनि सबै कर्मचारीलाई मिलाउनुपर्छ भन्दै फेरि रकम माग गरेपछि आज ५ हजार लिने क्रममा स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको बताए।

गिरीलाई अहिले विस्तृत अनुसन्धानका लागि सोधपुछ गर्ने काम भइरहेको र वास्तविकता बारे केहि समयपछि मात्रै जानकारी गराउन सकिने इप्रका बुडरका इञ्चार्ज नरभान साउँदले जानकारी दिए। यद्यपी सहायक वन अधिकृत गिरीले छुटपुर्जीका लागि १५ हजार रुपैंया लिएको स्विकारसहित प्रहरी समक्ष जानकारी दिएको बुझिएको छ। अहिले रकम दिने व्यक्तिलाई पनि इप्रकामा बोलाइएको र दुवै पक्षबाट विस्तृत जानकारी लिई जिल्ला प्रहरी कार्यालयमा रिपोर्ट गरिने साउदले बताए।

सहायक वन अधिकृत गिरीले बुडर क्षेत्रका स्थानीयलाई बेला–बेलामा अनावश्यक दुःख दिने गरेको स्थानीयको आरोप रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.