बैतडीमा करेन्ट लागेर एक महिला गम्भीर घाइते

बैतडी : बैतडीको डिलासैनी गाउँपालिकामा करेन्ट लागेर एक महिला गम्भीर घाइते भएकी छन्। डिलासैनी गाउँपालिका–६ बांगाबगडका अम्मर नाथकी ४० वर्षीया श्रीमती कलावती नाथ करेन्ट लागेर गम्भीर घाइते भएकी हुन्।
सोमबार दिउँसो १ बजेको समयमा घाँस काटेर फर्किने क्रममा जमिन नजिकै लत्किएको तारमा घाँसको भारीले छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेम बिक्रम केसीले जानकारी दिए। घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपालगन्ज रेफर गरिएको उनले बताए।
उनका आफन्त तिलक सिंह मालका अनुसार विद्युत वितरण केन्द्रको लापरबाहीका कारण करेन्ट लागेको बताए। घाँसको भारीले छोइने तरिकाले विद्युत लाइन विस्तार गरिएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !
