सरकार र राष्ट्र बैंकबीच समन्वय नहुँदा अर्थतन्त्र नाजुक अवस्थामा : एमाले


काठमाडौं : नेकपा एमाले निकट व्यवसायीहरूको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले अहिलेको नाजुक अर्थतन्त्रको जिम्मेवार वर्तमान सरकार भएको आरोप लगाएको छ। 

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले अर्थतन्त्र चलायमान बनाउनलाई वित्त र मौद्रिक नीतिबीच समन्वय हुनुपर्ने भए पनि सरकार र राष्ट्र बैंकबीच समन्वय नहुँदा मुलुकको अर्थतन्त्र धरासयी हुँदै गएको दावी गरेको छ। 

सरकारको अव्यावहारिक नीति र राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिका कारण अर्थतन्त्र दुखद अवस्थामा आइपुगेको महासंघले जनाएको हो।  पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सरकारले व्यवसायीहरूलाई कुनै सहुलियत नदिएका कारण पनि उद्योग क्षेत्र धरासयी भएको बताए। उनले व्यवसायी क्षेत्रका समस्याहरू तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए। 

महासंघले वर्तमान अवस्थामा सहकारी क्षेत्रलाई उद्धार गर्न आवश्यक संरक्षणको कार्ययोजनासहित सरकारले ठोस कार्य गरि अर्थतन्त्र चलायमान बनाउन माग गरेको छ। महासंघका अध्यक्ष एलपी साँवाले उद्योगी व्यवसायीहरू आर्थिक समस्याको मारमा परे पनि राज्य गम्भीर हुन नसकेको जिकिर गरे। 

महासंघले ग्रामीण भेगमा गरिब किसानहरूले लघुवित्तमार्फत परिचालन भएको लघु ऋणी र लघुवित्त संस्थाहरूको समस्या समाधानमा कुनै वास्ता नगरेको गुनासो गरेको छ। 

निर्माण व्यवसायीलाई निर्माण सम्पन्न गरेको कामको भुक्तानी नदिएर राज्यले भरोसा र विश्वास गुमाएको भन्दै महासंघले निर्माण व्यवसायीको आन्दोलनको सम्बोधन गरी तुरुन्तै समस्या समाधान गर्न माग गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.