डेङ्गु संक्रमणबाट दार्चुलामा एक किशोरीको मृत्यु

डेङ्गु संक्रमणबाट दार्चुलामा एक किशोरीको मृत्यु
फाइल तस्बिर।
सुन्नुहोस्

दार्चुला : दार्चुलामा डेङ्गु संक्रमणका कारण एक किशोरीको मृत्यु भएको छ । दार्चुलाको महाकाली नगरपालिका-९ दत्तुस्थित  राष्ट्रिय मावि दत्तुमा कक्षा ९ मा अध्यनरत १४ वर्षीया किशोरी जेलिना चैसिरको डेङ्गु रोगको उपचारका क्रममा भारतको हलद्वानीमा मृत्यु भएको हो।

जेलिनालाई केही दिन पहिले ज्वरो आएपछि उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको थियो । दार्चुला अस्पतालमा परीक्षण गर्दा डेङ्गु देखा परेपछि उपचार गरिएको थियो । 

घरफर्केपछि फेरि ज्वरोले च्यापेपछि  उपचारका लागि  भारतको पिथौरागढ लगिएको थियो । पिथौरागढमा समेत उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतकै हलद्वानी रेफर गरिएको थियो । 

शनिबार उपचारका क्रममा हलद्वानीमा जेलिनाको मृत्यु भएको राष्ट्रिय  मावि दत्तूका प्रधानाध्यापक राजेश  सिंह सामन्तले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.