एआईका चुनौती

एआईका चुनौती

एआईका कारण सन् २०३५ सम्ममा विकसित देशहरूमा सरदर ३० प्रतिशत रोजगारी प्रतिस्थापन हुने देखिन्छ ।

मानवीय आकांक्षाका अनेकन प्रारूपमध्ये विकास शाश्वत सत्य र अनिवार्य आवश्यकतासमेत हो। ढुंगेयुगबाट कृषि युग हँुदै पशुपालनको समयमा समेत सापेक्षतामा केही विकास अवश्य भए। ईसापूर्व १००० को ग्रिक, त्यसपछिको रोमन हुँदै मेसोपोटामिया अनि हवांहो उपत्यका तथा सिन्धुघाँटी सभ्यताका बखतमा भएका पानीघट्ट, ज्यामितीय आकलन, वाष्फयन्त्र त्यसैका उदाहरण हुन्। पूूर्वीय दर्शनको आदि पुस्तक वेदमा समेत पुष्पविमान, आकाशवाणी, पानीजहाजलगायत अहिलेका अधिकांश प्रविधिको कल्पना देखिन्छ।

सन् १८७६ मा ग्राहामले फोन, १९०१ मा मार्कोनीले रेडियो, १९०३ मा राइट दाजुभाइले हवाईजहाज, बेयर्डले १९२५ मा टेलिभिजन, १९३८ मा कनार्ड जुजले कम्प्युटरको विकास गराउँदा नयाँ आविष्कारको शृंखला नै बन्यो। क्रमशः एटीएम मेसिन, इन्टरनेट, रकेट, जेनेटिक इन्जिनियरिङ, वासिङ मेसिन, विद्युतीय चिम, केवलकार आदि बन्दै गए। रोमाञ्चक र अविश्वसनीय आविष्कारले नयाँ उचाइ लिँदै पछिल्लो पटक एआईको लहर ल्याउँदैछ। उक्त एआईले विकास र प्रगतिको रफ्तार उच्च बनाउँदैछ। मानव जीवनमा कहिल्यै नसोचिएको उथलपुथल ल्याउँदैछ। तर आम मानिसमाथि असीमित प्राकृतिक चुनौती पनि थप्ने देखिँदैछ।

यन्त्रहरू मानवबाट मात्रै निर्मित र सञ्चालित हुनुपर्ने पुरानो व्याख्यालाई चुनौती दिँदै मानव जस्तै काम गर्न सक्ने स्वचालित यन्त्रमानव अथवा उपकरणको विकास नै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) हो। जोन हायसले द ‘कम्पिल्ट प्रोब्लम सल्भर’नामक पुस्तकमा एआईलाई संसारका सबै समस्याका समाधानका रूपमा हेर्छन्। पछिल्लो समय आफैं चल्ने गाडी, स्वचालित हतियार, स्वचालित रोबर्ट, खेतबारीमा काम गर्ने स्वचालित मेसिनहरूको प्रयोग बढ्दैछ। जापानमा एक बिमा कम्पनी ‘फुकोको लाइफ इन्स्युरेन्स’मा मानव स्रोत तथा श्रमसाधनको सट्टा केही हदसम्म यन्त्रमानवले काम गर्दैछन्। दुई वर्षपहिले त्यहाँ नै एउटा होटलले रोबर्टहरूकै प्रयोगबाट आगन्तुकलाई सेवा दिने अभ्यास थाल्यो।

नेपालमा समेत केही बैंकभित्र विभिन्न नामका रोबर्टहरूको परीक्षण अभ्यास भइरहेको सुनिन्छ। यस्ता यन्त्रमानवले मानिसका जिज्ञासाका जवाफ दिने, आवश्यकताअनुसार सहयोग गर्ने काम गर्छन्। अबको केही दशकभित्र अहिले मानवले मात्र गर्न सक्ने भनिएका अधिकांश काम रोबर्टबाटै हुनेछन्। अबको क्रान्ति भनेकै रोबर्ट क्रान्ति हुने देखिन्छ। रोबर्ट उत्पादनमा सक्रियमध्येका ‘एन्ड्रोयड लभ डल’, ‘सेक्सबोट’, ‘टु कम्प्यानियन’नामक कम्पनीहरूले त हिँडडुल गर्ने, दोहोरो संवाद गर्ने, मानवीय संवेदना र उत्तेजना प्रदर्शन गर्ने अनि शारीरिक सम्पर्कसमेत गर्न सक्ने रोबर्टको विकासमा काम गरिरहेको बताउँछन्।

मानवमा समयक्रमसँगै आउने बुढ्यौलीपना रोक्न सक्ने अधिक खर्चिलो प्रविधिसमेत बन्दै रहेको सुनिन्छ। यद्यपि सुन्दा निकै रमाइलो लाग्ने यी एआईको विकासले दिने पीडा भने अवश्य पनि अधिक हृदयविदारक र चरम दर्दनाकसमेत हुनेछन्। निक बोस्र्टम र एम मिलानकृत पुस्तक ‘ग्लोबल क्याटास्थ्रोपिक रिक्स’ले संसारका अन्य एकाएक समस्या वातावरण विनाश, आतंकवाद, भोकमरी, लागूपदार्थ दुव्र्यसनी, गुहयुद्घ जस्तै एआईलाई पनि मुख्य समस्या भन्छ। मार्भिन मिस्कीको पुस्तक ‘द सोसाइटी अफ माइन्ड’ले समेत समान तर्क गर्छ। जब कृत्रिम मानवहरूले अन्य सामान्य मानिसले जस्तै काम गर्छन् यसको सबैभन्दा सघन प्रभाव पर्ने पक्ष रोजगार बजार हो। अहिले नै सामान्य मेसिनको प्रयोगका कारण थुपै्र मानवले रोजगारी गुमाइरहेका छन्। एउटा इन्टरकमले एक वा दुई रिसेप्सनिस्टलाई प्रतिस्थापन गर्दैछ। एउटा ट्याली नामक सफ्टवेयरले कम्तीमा दुईदेखि तीनजना लेखापाललाई विस्थापन गर्दैछ। केही दशक अघिसम्म पनि बैंकको सामान्य शाखा सञ्चालनमा ल्याउन कम्तीमा एक दर्जन मानवस्रोत आवश्यक थियो।

अहिले अधिकांश बैंकका सामान्य शाखाहरू ४ देखि ५ जनाबाट नै कुशल रूपमा सञ्चालित छन्। अझ बौद्घिकता वा प्रज्ञासमेतले सुसज्जित भएका यन्त्रमानव वा उपकरणसमेत बनेमा रोजगारीमा गम्भीर गिरावट आउने अवश्यंभावी छँदैछ। पछिल्लो एक प्रतिवेदनअनुसार एआईका कारण सन् २०३५ सम्ममा अमेरिकामा ३८, जर्मनीमा ३५, बेलायतमा ३०, जापानमा २१ प्रतिशत रोजगारी प्रतिस्थापन हुने देखिन्छ। बढीमा यातायातमा ५६ देखि उत्पादनमूलक क्षेत्रमा ४६ हुँदै सबैभन्दा कम शिक्षामा ९ प्रतिशत प्रभाव पार्ने सर्वेक्षणहरू बाहिरिएका छन्। यसरी रोजगारीमा सघन गिरावट आएपछि असंख्य मानिसले आर्थिक हैसियत गुमाउने छन्। भयावह आर्थिक संकुचन, संकट तथा असमानताहरूले मानवलाई अत्याउनेछ। जीवन निर्वाहकै लागि हत्या, हिंसा, लुटपाट, चोरी डकैतीजस्ता आपराधिक गतिविधि बढ्नेछन्। मानिस आफूसँग भएका सम्पत्ति बेचबिखन गरी जीवन निर्वाहका लागि सस्ता देशहरूमा उच्च बसाइँसराइ गर्ने अनुमान गरिँदैछ। अन्तरदेशीय अपराधसमेत मौलाउँछ। हरेक कुराहरू यान्त्रिक हुने भएकाले विद्युत्को माग अहिलेभन्दा ४० गुणासम्म बढ्ने र संसारभर ऊर्जाको भयावह संकटसमेत हुने भनिन्छ।

रोमाञ्चक र अविश्वसनीय आविष्कारले नयाँ उचाइ लिँदै पछिल्लो पटक एआईको लहर ल्याउँदैछ। उक्त एआईले विकास र प्रगतिको रफ्तार उच्च बनाउँदैछ। मानव जीवनमा कहिल्यै नसोचिएको उथलपुथल ल्याउँदैछ।

जीवनमा वैराग्यताका र मानवीय असंवेदनाका कारण मानिसहरू सामाजिक र पारिवारिक दायित्वबाट पनि पन्छिने हुन सक्छ। पारिवारिक बिखण्डन हुने, शिशु जन्मदर अधिक घट्ने साथै मानिसमा नकारात्मक विचारहरूको प्रवाह बढ्दा सभ्यता र विकास रोकिन सक्नेसम्मका चिन्ताहरू गहिरिँदैछन्। त्यसबखत मानिसहरू केवल ‘हाउसहोल्ड पेट्स’ अर्थात् रोर्बटहरूका सोखका लागि पालिएका मानव साथीका रूपमा परिवर्तन हुने अनुसन्धानहरू बाहिरिएका छन्। चाहेर पनि मानिसले काम पाउन नसक्ने र जीवन जिउने आर्थिक उपार्जन नै हुन नसक्ने अनुमान छ।

कामको चरम अभावका कारण आलस्यता, अभाव हुँदै अपराधको मार्गमा मानिसहरू होमिन सक्छन्। उपभोक्ताको सामथ्र्य घटेपछि उत्पादकहरू पनि शिथिल वा बन्द हुने हुँदा आर्थिक प्रगतिमा नै विशाल धक्का लाग्न सक्छ, कम्पनीहरू धराशायी बन्नेछन्। मेसिनको अत्यधिक प्रयोगबाट देशका सुरक्षासँग सम्बन्धित अत्यन्त गोग्य तथ्यांकहरू चोरिन सक्छन्। बढिरहेका साइबर हमलाहरू यसैका उदाहरण हुन्। प्राकृतिक रूपमा प्रद्घत मानवको गोपनीयताको अधिकारको गम्भीर उल्लंघनको जोखिम हुन सक्छ। अहिले नै गुगलमा प्रतिसकेन्ड ६० हजार खोजी गरिन्छ। एआईको बाहुल्यपछि इन्टरनेट प्रविधिमाथि करोडौं गुणाले भार बढ्नेछ र सायद उक्त समयमा कामै गर्दैन। काम गर्दागर्दै आइपर्ने मानवीय संवेदना, सत्यताको सापेक्षता, आवश्यकताको विवेकजस्ता पक्षहरूका आधारमा हुनुपर्ने व्यावहारिक फरक देखाउन मेसिनले सक्दैन। सम्पूर्ण प्रणाली नै अस्तव्यस्त हुन पनि सक्छ। एकोहोरो प्राविधिक अराजकताले सबैलाई नराम्ररी अत्याउनेछ। त्यस्ता मेसिन र प्रविधि खरिद गर्न अत्यधिक पैसा लाग्छ। अनुभवबाट सिक्ने र गल्तीबाट सुध्रने आधुनिक व्यवस्थापनका सिद्घान्तहरू कामका कुनै पनि क्षेत्रमा लागू हुदैनन्।

राजनीतिको मुख्य क्षेत्राधिकारभित्र राज्य, सरकार, प्रजातन्त्र, चुनाव, नागरिक समाज, राजनीतिक विचारधारा तथा दार्शनिक जस्तामात्र विषयसूचीलाई प्रधान रूपमा हेरिँदै आएकोमा अब केही नयाँ अवधारणा पनि समाविष्ट हुनुपर्छ। पछिल्लो समय आतंकवादको न्यूनीकरण, मानव बेचबिखनविरुद्धको एकता, जलवायु परिवर्तनमाथिको विश्वसंकल्प, रासायनिक हतियार निस्तेजीकरणको अभ्यासजस्तै अब एआईको वैज्ञानिक व्यवस्थापनमाथि समेत राजनीति र विकासका कदमहरू सघन रूपमा आकर्षित बन्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.