पहिरोले गाउँ नै घेरेपछि...

पहिरोले गाउँ नै घेरेपछि...
रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीको केउरिनी बिर्ताका जोखिमपूर्ण घरहरू।
सुन्नुहोस्

रामेछाप : रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीको केउरिनी बिर्ताका दीपक श्रेष्ठको घर निर्माण सम्पन्न हुन नपाउँदै पहिरोको निसानामा परेको छ। गाउँ नै घेरेर पहिरो आउन सुरु गरेको स्थानमा घर निर्माण गरेका श्रेष्ठ उक्त घरमा बस्ने या नबस्ने अन्योलमा परेका छन्। 

केउरिनी बिर्ता गाउँलाई पुरै घेरेर पहिरो चलिरहेको थियो। त्यहीँ स्थानमा अरु पनि बसोबास गर्दै आएकाले श्रेष्ठले पनि दुई वर्षअघि घर बनाएका हुन्। श्रेष्ठको घर पुरै तयारी भइसकेको छैन। पहिरोको जोखिममा भएको लगानी अब सदुपयोग नहुने चिन्ताले बाँकी रहेको काम गर्ने कि नगर्ने, श्रेष्ठ अन्योलमा छन्। झ्यालढोका र प्लास्टरको कामै बाँकी रहेका बेला उनलाई यो आपत आइलागेको हो। 

केउरिनी बिर्तामा श्रेष्ठको मात्र हैन, अधिकांशको घरमा धाँजा परेको छ। पहिरोले थाहै नपाउने गरी बस्ती नै सरिरहेको स्थानीय बयोवृद्ध तथा पूर्व जनप्रतिनिधि गणेशबहादुर श्रेष्ठले बताए। माथिल्लो कान्लामा भएका रुख बिरुवाहरू तल्लो कान्लामा लर्केर पुगेका छन्। एउटै गह्रो जमिन दुई वटा गह्रो झैं तलमाथि भएका छन्। धेरै ठाउँमा धाँजा फाटेको छ। ‘जमिन फुटेको र सरेको थाहा पाएर पनि स्थानीय जोखिममै बसेका छौं’, श्रेष्ठले भने, ‘अन्यत्र जग्गा जमिन नभएको र किनेर जाँदा कृषि तथा पशुपालनको समस्या हुने भएकाले पहिरोले घेरा हालेको क्षेत्रमै ४० परिवारको बसोवास छ।’ केउरिनीमा २०५१ सालदेखि पहिरोले गाउँ धसिएर बगेको हो। त्यसयता हरेक वर्ष केही न केही भाग झरिरहेको छ। गाउँभन्दा तल तिल्पुङ खोलातर्फबाट पहिरोले माथिको जमिन तानिरहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापका मन्त्री तथा स्थानीय दुर्गाबहादुर श्रेष्ठको भनाइ छ। 

‘जहाँबाट पहिरो बग्न थाल्यो त्यहाँँ नियन्त्रणको उपाय नै छैन’, उनले भने । 

वर्षायाममा स्थानीय हरेक दिन आफ्नो घर र आँगनको चिरा जाँच गर्छन्। ‘आज यति बढेछ र भोलि यति भएछ भन्दै यतिका वर्ष बिते’, बिर्ताका चक्रबहादुर श्रेष्ठ भन्छन्, ‘सधैंँ जोखिममा बसेर आधा मासु हुनुभन्दा बाहिरै गएर बस्नु राम्रो।’ श्रेष्ठले दुई वर्षअघि नै सुरक्षित स्थानमा जग्गा खोजेर बासस्थान सारेका छन्। पहिरोको निशाना भएपछि चक्रबहादुर लगायत हालसम्म ६ जनाले बासस्थान सुरक्षित स्थानमा लगेका हुन्। तर, उनीहरूको बसाइ पनि सुरक्षित स्थानमा छैन। ‘कुन बेला झुक्याउने हो’, श्रेष्ठ भन्छन्, ‘नयाँ बनाएको स्थानमा घर मात्र भएकाले त्यहाँँ गइहाल्न पनि मन छैन, चैनले बस्न यता पनि सकिएको छैन।’ खिम्तीको केउरिनी बिर्ता गाउँ नै जोखिममा परेपछि हरेक वर्ष जिल्ला विपद् व्यवस्थापन समितिमा चर्चा हुने गरेको छ। तर, स्थानीय बासिन्दालार्ई सार्ने विषयमा अहिलेसम्म कुनै निर्णय भने भएको छैन। आपूmखुुसी थातथलो छोडेर हिँड्ने बाहेक राज्यले अरुलार्ई विपद्जन्य स्थानबाट हट्नका लागि सूचनासम्म दिएको छैन। 

सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका तत्कालीन आयोजना प्रमुख सुरेशकुमार वाग्लेले सरकारले विपद्मा परेका परिवारलार्ई सुरक्षित स्थानमा बसोबास गराउन कार्यक्रम सञ्चालन गर्दै आएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.