झापामा भारतीय कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापामा भारतीय कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

झापा : झापामा भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक कमल गाउँपालिका- ४ निवासी ६७ वर्षीय डोरप्रसाद खनाल रहेका ला प्रहरी कार्यालयले झापाले जनाएको छ। 

मंगलबार साँझ ७ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल-५ स्थित पाडाजुँगीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ११ एपी ४१४१ नम्बरको भारतीय कारले विपरीत दिशातर्फ गइरहेको मे ७ प ४६४४ मोटरसाइकललाई ठक्कर दिएको थियो। 

दुर्घटनामा परी घाइते मोटरसाइकल चालक खनाललाई  उपचारका लागि दमकस्थित पुर्‍याउन साथ चिकित्सकले मृत्यु घोषित गरेको प्रहरीले जनाएको छ। दुर्घटनामा मृतक भएका खनाल कमल गाउँपालिकाका कर्मचारी सरोज खनालका बुबा हुन्। इलाका प्रहरी कार्यालय दमकले कार तथा कार चालकलाई नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.