रोल्पा बस दुर्घटना : चार जना मृतकको पहिचान खुल्यो

रोल्पा बस दुर्घटना : चार जना मृतकको पहिचान खुल्यो

रोल्पा : रोल्पामा आज भएको बस दुर्घटनामा परी मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ। 

मृत्यु हुनेहरूमा परिवर्तन गाउँपालिका–३ का ४६ वर्षीय भक्त विक, माडी गाउँपालिका–२ का २२ वर्षीय प्रकाश वाठा, माडी गाउँपालिका–४ का ५१ वर्षीय गोर्खे डाँगी र ५० वर्षीया हस्ता डाँगी रहेको प्रहरीले जनाएको छ। मृत्यु हुने गोर्खे र हस्ता डाँगी दम्पत्ती हुन्।

रोल्पाको पश्चिमी बागमारादेखि दाङको घोराही तर्फ जाँदै गरेको ना ५ ख २६१२ नम्बरको बस घोराही–थबाङ सहिदमार्ग खण्डको रिचीगाउँमा दुर्घटना भएको थियो। दुर्घटनामा १९ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।

त्रिवेणी गाउँपालिका–७ गैरीगाउँको रिचीगाउँ नजिकैको सडकबाट बस करिब १५० मिटर तल खसेको हो। दिउँसो सवा १ बजे बस दुर्घटनामा परेको हो। घटनाबारे प्रहरीलाई स्थानीयले जानकारी गराएपछि जिल्लाबाट सुरक्षा टोली घटनास्थल पुगेको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले जनाए। 

शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा ल्याइएको छ। घाइते सबैको उद्धार गरी दाङको घोराहीस्थित राप्ती विज्ञान प्रतिष्ठान अस्पताल पठाइएको प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए। 

बसमा सवार यात्रु र स्थानीयका अनुसार तीव्र गतिका कारण बस दुर्घटना भएको हो। बागमाराबाट घोराहीका लागि सवार बस घर्तीगाउँको ब्याङखोलामा यात्रु चढाउन लामो समय पर्खिएको थियो। 

सोही सडक खण्ड हुँदै गुड्ने बस अघि गएपछि उक्त बस तीव्र गतिमा गुडाएको दार्बोट गाउँमा ओर्लिएका एक यात्रुले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.