जहाजको पर्खाइमा विरामीको मृत्यु
![जहाजको पर्खाइमा विरामीको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/representative-photo-of-a-dead-body-shutterstock_b0812be2-712a-11e6-afc2-14e084056c80-583.jpg)
बाजुरा : प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा एक जना बिरामीको मृत्यु भएको छ। मृत्यु हुनेमा मुगु जिल्ला खत्याड गाउँपालिकाका-१ का ६० वर्षीय विर्खलाल कार्की रहेका कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जानकारी दिएको छ।
रातापानी प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि रातापानीले दई दिन अगाडि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र बाजुरामा रिफर गरिएको थियो। उच्च रक्तचापका कारण जटिल समस्य देखिएपछि ८ गते रिफर गरिएको कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर प्रतिक न्यौपानेले बताए।
रिफर त गरियो वर्षातका कारण कर्णाली करिडोर र मार्तडी कोल्टी सडक पनि अवरुद्ध कोल्टी एररपोटमा मौसम खरामीका कारण जहाज पनि नआएपछि हिजोराती मृत्यू भएको डाक्टर न्यौपानेले बताए।
मार्तडी कोल्टी र कर्णाली करिडोर सडकको बाटो बर्षातका कारण बिग्रीएर अवरुद्ध भएपछि आफन्त जहाज कुरि बसेका थिए। रिफर गरिएको दुई दिनसम्म पनि जहाज नआए पछि आफन्तले हेलिकप्टरको समेत जोहो गर्ने प्रयास गरेका थिए। सडकको बाटो संम्भव नभएको, जहाज नआएको र हेलिकप्टरसमेत मौसमका कारण नआउने अवस्था भएपछि कार्कीले प्राथमिक स्वास्थ्य केन्द्रमै ज्यान गुमाएका हुन्।
'विरामी रातापानीबाटै आउन ढिला भइसकेको थियो। उच्च रक्तचाप सहीतको समस्याले मान्छे चिन्न र बोल्नसमेत नसक्ने अवस्था भएकोले सिटी स्क्यान नगरी उपचार सम्भव थिएन्। हामीसँग त्यो सुविधा छैन्। हामीले रिफर गर्यौं, जहाज आएन्। सडकबाट लिन झनै सम्भव नै थिएन्। दुर्भाग्य बचाउन सकिएन,' डाक्टर प्रतिक न्यौपानेले भने। तीन महिनायता मात्रै ४ बढीले जहाज कुर्दै र सडकबाटो लैजादै गर्दा ज्यान गुमाइसकेका छन्।
यता नागरिक उड्यन कार्यालय कोल्टीले मौसम खराबीका कारण जहाज नआएको बताएको छ। घाम लागेकै दिन पनि नियमित तालिका मिचेर अर्को ठाउँको उडान भर्ने विमान कम्पनीले यतिबेला मौसमलाई दोष देखाउन झनै सजिलो उपाय बनेको छ। कोल्टीमा जहाजभन्दा पहिला काल आउने गरेकोमा यो पटक पनि दोहोरिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)