प्रधानन्यायाधीशसँग सांसदको सवालजवाफ आज

प्रधानन्यायाधीशसँग सांसदको सवालजवाफ आज
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग संसदीय सुनुवाइ आज समितिले सवाल जवाफ गर्ने भएको छ। बिहिवार बसेको बैठकमा कार्कीलाई प्रश्न सोध्‍ने र जवाफ माग्‍ने कार्यक्रम शुक्रबार ८ बजेलाई सारिएको हो। कार्कीले आफ्नो कार्ययोजना र योग्यता प्रस्तुत गरेका छन् ।  संसदीय सुनुवाइ विशेष समितिमा आफ्नो योजना पेश गर्दै कार्कीले बिचौलियाको रूपमा पहिचान भएका व्यक्तिहरूको गतिविधि सूक्ष्म निगरानीमा राख्ने बताए। कार्कीले न्यायपालिका सुधारका लागि सहकार्य,समन्वय र सहकारितामा आधारित दस्ताबेज बनाउने सोच राखेको पनि बताए। 

उनले न्यायिक क्षेत्रको विचलन ६० प्रतिशत रोक्न सफल भएको बताए। गोला प्रथा लागु भएपछि न्यायिक विचलन कम हुँदै गएको र  स्वच्छता  गर्ने दिशामा अगाडि बढेको उनको भनाइ छ। शुक्रवार समितिमा रहेका १५ सदस्यहरूले कार्कीसँग प्रश्नोत्तर गर्नेछन् ।

समितिमा कांग्रेसबाट  रमेश लेखक, इश्वरीदेवी न्यौपाने, जीवन परियार, ज्ञानेन्द्रबहादुर कार्की र रमेशजंग रायमाझी छन्। एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम र देवेन्द्र दाहाल  सदस्य छन् ।

माओवादी केन्द्रबाट जनार्दन शर्मा र जगप्रसाद शर्मा, रास्वपाबाट डोलप्रसाद अर्याल, राप्रपाबाट पशुपतिशमशेर जबरा र जसपाबाट प्रकाश अधिकारी सदस्य छन् ।

गत वैशाख २५ गते संवैधानिक परिषद्बाट नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस भएका हरिकृष्ण कार्की संसदीय सुनुवाइ समितिबाट अनुमोदित भए राष्ट्रपतिबाट नियुक्त हुनेछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.