अन्नपूर्णकर्मी बराललाई वातावरण पत्रकारिता पुरस्कार

अन्नपूर्णकर्मी बराललाई वातावरण पत्रकारिता पुरस्कार
सुन्नुहोस्

काठमाडौं : वातावरण पत्रकारिता पुरस्कारबाट अन्नपूर्णकर्मी कृष्णमणि बराल पुरस्कृत हुने भएका छन्। 

नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवसका अवसरमा विगत साढे तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२२ पोखराका पत्रकार कृष्णमणि बराललाई प्रदान गर्ने निर्णय गरेको छ।

समूहले प्रत्येक वर्षको जुन ५ (विश्व वातावरण दिवस) मा पत्रकारहरूको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ। 

सन् २०२२ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरू मध्यबाट छनौट गरी सान्दर्भिकता, मौलिकता, भाषा शैली र तथ्य–तथ्यांक आधारमा मूल्यांकन गरेर बराललाई पुरस्कार प्रदान गर्ने निर्णय भएको हो।

पुरस्कारका लागि समूहले पत्रकारहरूलाई सन् २०२२ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो। 

समूहका पूर्व अध्यक्ष राजेन्द्र दाहालको संयोजकत्वमा समूहका पूर्व महासचिव रमेश भुसाल र विज्ञ सदस्य डा. हुम गुरुङ सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलको सिफारिसका आधारमा पुरस्कारको निर्णय गरिएको समूहले जनाएको छ।

समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०२२’ पाउने बराल ३६ औँ पत्रकार हुन्। यो पुरस्कार समूहको आगामी साधारणसभाको दिन हस्तान्तरण गरिने छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.