भारत भ्रमणका क्रममा कालापानीबारे दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्रीले माफी माग्नुपर्छ : पदम गिरी

भारत भ्रमणका क्रममा कालापानीबारे दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्रीले माफी माग्नुपर्छ : पदम गिरी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ। भारत भ्रमणमा रहेका बेला प्रधानमन्त्री प्रचण्डले बंगलादेशको फूलबारी बन्दरगाहासम्मको रुट उपलब्ध गराएर नेपालले कालापानी र लिपुलेक भारतसँग साटफेर गर्न सकिने अभिव्यक्ति दिएको भन्दै यसको जवाफ संसद्‍मा प्रधानमन्त्रीले दिनुपर्ने एमालेले माग गरेको छ। 

बैठक सुरू हुनेवित्तिकै एमाले सांसद पदम गिरीले सो विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग गरे। उनले भने,'फूलबारी बन्दरगाहाको रुट प्राप्तका निम्ति नेपालको पश्चिम कालापानी,लिम्पियाधुरा लिपुलेक क्षेत्र पनि हामीले दिन तयार रहेको भन्ने कुराले नेपालको शीर निहुरिएको छ। हामीलाई अपमान बोध भएको छ। राष्ट्रियताप्रति एउटा गम्भीर प्रश्न उब्जाउने कुरा भएको छ। यस्ता कुरा प्रधानमन्त्रीबाट आउनु भनेको निकै दु:खद कुरा हो,सभामुख महोदय। उहाँले त्रुटि च्याउनुपर्छ। सदनका अगाडि माफी माग्नुपर्छ।'

प्रधानमन्त्री  प्रचण्डले भारत भ्रमणका क्रममा पत्रकारसँग कुराकानी गर्दै बंगलादेशसँग सीमा पहुँच पुर्‍याउन लागि कालापानीको भू-भाग साटफेर गर्न सकिने विकल्पका बारेमा पनि भारतीय पक्षसँग छलफल भएको जानकारी दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर एमालेले आपत्ति जनाएको हो । 

जवाफ नआएसम्म संसद अगाडि बढ्न नदिने चेतावानी समेत दिएका छन्। 

प्रधानमन्त्री प्रचण्डको  सो अभिव्यक्तिले देशको गरिमामा आँच आएको एमालेको ठहर छ। एमालेले प्रधानमन्त्रीको भारत भ्रमण निरर्थक रहेको निष्कर्ष समेत निकालेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.