मेरो भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाईमा पुर्‍याउँछ : प्रधानमन्त्री

मेरो भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाईमा पुर्‍याउँछ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समय समयमा हुने भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाईमा पुर्‍याएको दाबी गरेका छन्।

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बारखम्बास्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले  यसपटकको भ्रमणले पनि दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउनु रहेको बताए।

'प्रधानमन्त्रीका रूपमा यो मेरो चौथो भ्रमण हो। हाम्रा दुई देशबीच रहिआएको सुमधुर सम्बन्धलाई नयाँ उचाई दिई अझ मजबुत र जनस्तरसम्म लैजान यस भ्रमणको मूल उद्देश्य हो,' उनले भने, 'भोलि माननीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता हुने तय भएको छ। भोलि नै केही सम्झौताहरूमा हस्ताक्षर हुनेछन्।'

उनले विदेश बस्ने नेपालीहरूलाई मतदान गर्ने अधिकार दिनसमेत सरकार प्रतिबद्ध रहेको बताए। उनले भ्रमणको तालिकाबारे पनि जानकारी गराएका थिए। 

यो पनि पढ्नुस्: 

भारतीय सुरक्षा सल्लाहकार डोभाल र विदेश सचिव क्‍वात्राले भेटे प्रधानमन्त्री प्रचण्ड

नेपाल-भारतको सीमा समस्याबारे सोधिएको प्रश्नमा राजदूत शर्माले दिए यस्तो जवाफ

प्रधानमन्त्री प्रचण्डलाई विदेश राज्यमन्त्री लेखीले गरिन् स्वागत

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, यस्तो छ भ्रमण तालिका

 

nullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.