एमालेले गर्यो संसद अवरोध

काठमाडौं : नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ। शुक्रबार संसद बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरूले संसद अवरोध गरेका हुन्।
सत्ता पक्षका सांसदले आफ्ना नेता केपी शर्मा ओलीलाई भ्रष्टाचारको आरोप लगाएको भन्दै एमाले सांसदहरूले संसद अवरुद्ध गरेका हुन्।
एमाले प्रमुख सचेतक पदम गिरीले प्रतिपक्षी दलको नेता केपी शर्मा ओलीलाई पशुपतिनाथ मन्दिरको गजुरमा सुन लगाउने नाममा पित्तल लगाएको भन्ने आरोप लगाइएको भन्दै आपत्ती जनाए । गिरीले भने, प्रतिपक्षी दलको नेता ओलीलाई पशुपतिनाथ मन्दिरको गजुरमा सुन लगाउने नाममा पित्तल लगाउनुभयो भनेर सत्ता पक्षका सांसद्ले भन्नुभएको छ । यो गम्भीर विषय हो । ’
उनले एमालेले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान चलाउने बताए। गिरीले भने,‘भ्रष्टाचारीलाई सदाका लागि अन्त्य गर्नुपर्छ । जनतामा उत्साह भर्ने काम गरौं । विना आधार प्रमुख प्रतिपक्षी दलका नेतालाई भ्रष्टाचार गरेको आरोप लगाइयो । ’
एमाले सांसद् सुवासचन्द्र नेम्वाङले प्रतिपक्षी दलका नेतामाथि सुनको जलारीको नाममा पित्तलको जलारी चढाएर भ्रष्टाचार गरेको आरोप लगाइएको बताए ।
प्रतिक्रिया दिनुहोस !
