काभा महिला भलिबल च्यालेन्ज कपको फाइनल प्रवेशका लागि कजाकस्तानको सामना गर्दै नेपाल
साँझ ५ बजे हुने सेमिफाइनल खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ। जारी प्रतियोगितामा सबैभन्दा बलियो मानिएको कजाकस्तान भलिबलको वरियतामा एसियाको पाँचौ स्थानमा रहेको टिम हो। त्यसैले कजाकस्तान सँगको जित नेपाललाई सहज भने पक्कै छैन।
काठमाडौं: काभा महिला भलिबल च्यालेन्ज कपको फाइनल प्रवेशका लागि आज नेपालले कजाकस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
साँझ ५ बजे हुने सेमिफाइनल खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ। जारी प्रतियोगितामा सबैभन्दा बलियो मानिएको कजाकस्तान भलिबलको वरियतामा एसियाको पाँचौ स्थानमा रहेको टिम हो। त्यसैले कजाकस्तान सँगको जित नेपाललाई सहज भने पक्कै छैन।
समूह ए रहेको नेपालले मा तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा पराजितहुँदै समूह उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो। कजाकस्तान अपराजित रहँदै समूह बी को विजेताको रूपमा अन्तिम चारमा स्थान पक्का गरेको हो।
पहिलो खेलमा कीर्गिस्तान र दोस्रो खेलमा बंगलादेशमाथि ३-० को सोझो सेटमा जित निकालेको नेपालले अन्तिम खेलमा भने भारतलाई ३-१ को सेटमा नतिजा सुम्पिएको थियो। यता कजाकस्तानले भने श्रीलंकालाई ३-० को सोझो सेटमा हराउँदा, माल्दिभ्स र उज्वेकिस्तानलाई ३-१ को सेटमा पराजित गरेको थियो।
आजै हुने पहिलो सेमिफाइनलमा समूह ए को विजेता भारत र समूह बी को उपविजेता उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुनेछ।