पोखरामा आजदेखि संयुक्त राष्ट्रसङ्घको नमूना महासभा

पोखरामा आजदेखि संयुक्त राष्ट्रसङ्घको नमूना महासभा
फाइल तस्बिर।

विश्वले नमूना संयुक्त राष्ट्र सम्मेलन कसरी गर्छ, यसको तयारी कसरी गर्ने लगायत विषयमा छलफल गरिने महासभामा सहभागीले विश्वव्यापी समस्याहरूको सम्भावित समाधानहरू प्रस्तुत गर्नेछन् ।

पोखरा : युथ थिङ्कर्स सोसाइटी (वाइटिएस)को आयोजनामा पोखरामा संयुक्त राष्ट्रसङ्घको नमूना महासभा हुने भएको छ । शुक्रबारदेखि तीन दिनसम्म चल्ने पोखरा एमयुएन (नमूना महासभा) मा १५ जिल्लाका एक सय २० जना सहभागी हुने संस्थाका अध्यक्ष रिजन ढुङ्गानाले जानकारी दिए।

विश्वले नमूना संयुक्त राष्ट्र सम्मेलन कसरी गर्छ, यसको तयारी कसरी गर्ने लगायत विषयमा छलफल गरिने महासभामा सहभागीले विश्वव्यापी समस्याहरूको सम्भावित समाधानहरू प्रस्तुत गर्नेछन् । आर्थिक मन्दी, फर्जी औषधिका कारण बढ्दै गएको खतराहरू र ई–वेस्टको सुरक्षित डिस्पोजल कसरी व्यवस्थापन गर्ने विषयमा महासभा केन्द्रित हुनेछ । सभामा संसदीय प्रक्रिया, नीतिगत छलफल, कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र संयुक्त राष्ट्रसङ्घका बारेमा पनि जान्न सकिन्छ ।

त्यस्तै, सहभागीले अनुसन्धान, सार्वजनिक भाषण, बहस, लेखन र विशेषगरी आलोचनात्मक विश्लेषण सीपहरूको वृद्धि, कसरी गर्ने लगायतका विभिन्न प्रक्षेपणसमेत प्रस्तुत गर्ने ढुङ्गानाले जानकारी दिए। मोडल युनाइटेड नेसन्स (एमयुएन) अन्तर्गत संयुक्त राष्ट्रसङ्घको कार्यवाहीको एक शैक्षिक अनुकरण हो । यसरी नै छनोट हुँदै युवाहरूले संयुक्त राष्ट्रसङ्घका विभिन्न समितिहरू जस्तै महासभा, सुरक्षा परिषद् आदिमा विभिन्न देशका प्रतिनिधिहरूको भूमिका खेल्न सक्नेछन् ।

नमूना महासभामा पोखराका प्रमुख अतिथि र अमेरिकी दूतावासबाट एकजना प्रतिनिधि सहभागी हुने उनले जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.