भद्रपुरका स्वास्थ्य चौकीमा मेडिकल अफिसर

भद्रपुरका स्वास्थ्य चौकीमा मेडिकल अफिसर

झापा : स्थानीयस्तरको बिरामीलाई लक्षित गरी भद्रपुरको स्वास्थ्य चौकीमा एमबीबीएस चिकित्सक (मेडिकल अफिसर)ले सेवा दिन थालेका छन्। 

भद्रपुर नगरपालिकाले पहिलो चरणमा तीन वटा स्वास्थ्य चौकीमा मेडिकल अफिसर राखेर सेवा दिन थालेको हो। 

नगर स्वास्थ्य शाखाले भद्रपुर-१ स्थित स्वास्थ्य चौकी पृथ्वीनगरमा बिहीबार एक संक्षिप्त कार्यक्रमको आयोजना गरी मेडिकल अफिसरसहितको सेवाको शुभारम्भ गरेको हो। 

नगर प्रमुख गणेश पोखरेलले एमबीबीएस चिकित्सक नवीन उरावलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरी सेवाको शुभारम्भ गरेका हुन्। 

नगर प्रमुख पोखरेलले नगर क्षेत्रका बिरामीहरूको सेवा सुविधालाई मध्यनजर गरी नगरपालिकाले एक जना मेडिकल अफिसर नियुक्ति गरेको बताए। 

हप्ताको दुई दिन एउटा स्वास्थ्य चौकीमा मेडिकल अफिसरले सेवा दिने र आगामी दिनमा सातै दिन सेवा प्रदान गर्ने योजनाका साथ नगरपालिका अघि बढ्ने उनले बताए। 

नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गर्दै आइरहेको बताउँदै उनले भने, ‘नगरका ६३४ सन्थाल समुदायलाई निःशुल्क स्वास्थ्य बिमा, सुत्केरी तथा गर्भवती महिलालाई पोसिलो खानेकुरा वितरण र रेडक्रसमार्फत निःशुल्क रगतको व्यवस्था मिलाइ सकिएको छ।’ 

मेडिकल अफिसरले स्वास्थ्य चौकी महेशपुरमा आइतबार र सोमबार, स्वास्थ्य चौकी चन्द्रगढीमा मंगलबार र बुधबार, स्वास्थ्य चौकी पृथ्वीनगरमा बिहीबार र शुक्रबार सेवा दिने नगर स्वास्थ्य प्रमुख शान्तिराम भट्टराईले जानकारी दिए। 

डा. उरावले सेवा शुभारम्भ भएकै दिन स्वास्थ्य चौकी पृथ्वीनगरमा दुई दर्जन बढी बिरामीलाई सेवा दिएको स्वास्थ्य चौकीका इन्चार्ज नेत्रप्रसाद दाहालले जानकारी दिए। 

मेडिकल अफिसरले स्वास्थ्य चौकीबाट सेवा दिन थालेपछि स्वास्थ्य जाँचका लागि आउने बिरामीहरू दंग परेको उनको भनाइ छ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.