रुकुम पश्चिममा जिप दुर्घटना : ४ जनाको मृत्यु, १० घाइते
![रुकुम पश्चिममा जिप दुर्घटना : ४ जनाको मृत्यु, १० घाइते](https://annapurnapost.prixacdn.net/media/albums/jeep-rukum_euXb2Sgaiv.jpg)
रुकुम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८, दुलीमा बिहीबार बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्।
बाँफिकोट–८ वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार सानीभेरी गाउँपालिका–५ का कर्णे बाठा र देउचन खत्री, बाँफीकोट गाउँपालिका-८ की रेखा खत्री र उनको सानो छोराको दुर्घटनामा मृत्यु भएको छ।
सुत्केरी महिला र बच्चाको पहिचान सकेको छैन्। जिपमा जम्मा १४ यात्रु सवार थिए। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको वडाध्यक्ष खत्रीले बताए। गम्भीर घाइतेहरूलाई हेलिकप्टरबाट उपचारका लागि अन्यत्र लैजाने तयारी रहेको उनको भनाइ छ।
सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसीकोटतर्फ आउँदै गरेको जु १ ज १७४७ नम्बरको जिप भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नमराज भट्टराई बताए। घटनास्थलमा उद्धारको काम भइरहेकोले यसबारे विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)