नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले,माओवादी र कांग्रेसलाई दोष देखाएर कोही निर्दोष हुँदैन : रघुवीर महासेठ

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले,माओवादी र कांग्रेसलाई दोष देखाएर कोही निर्दोष हुँदैन : रघुवीर महासेठ

काठमाडौं : नेकपा एमालेका सांसद रघुवीर महासेठले सरकारको नीति तथा कार्यक्रमले जनतालाई आशा र विश्वास मात्रै बाँडेको आरोप लगाएका छ। बुधबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिदै सांसद महासेठले सरकारले ल्याएको नीति तथा कार्यक्रमले प्रतिवद्धता जाहेर नगरेर आश्वासन,आशा र विश्वास मात्रै दिलाएको बताए।

'यसअघि ७७, ७८, ८९ र ८० को नीति तथा कार्यक्रम प्रतिवद्धता जाहेर गरिएको थियो। तर,यसपालीको प्रतिवद्धता आश्वास, आशा र विश्वास देखाएको छ। यो आशा र विश्वासले न त देशको आर्थिक विकास हुन्छ न भौतिक विकास हुनसक्छ,'उनले भने,' त्यसकारण जनतालाई विकास प्रतिवद्धता चाहेको छ आशा र विश्वास होइन।'

उनले जनतालाई आशा र विश्वास नभइ विकास प्रतिवद्धता चाहेको बताए।

उनले फरक प्रसंगमा केही भीभीआईपीले गणतन्त्रको विरुद्धमा र व्यवस्थाविरुद्ध विदेशीहरूसँग छलफल गरिरहेको सुन्नमा आएको बताए। यदि यो कुरा सही हो भने ती भीभीआईपीको सेवा सुविधा खोस्नुपर्ने बताए।

उनले भने,'केही भीभीआइपीले गणतन्त्रको विरुद्धमा र व्यवस्थाविरुद्ध विदेशी भूमिमा गएर विदेशीहरूसँग छलफल गरिरहेको सुन्नमा आएको छ। यदि यो कुरा सही हो भने सभामुखमार्फत् सरकारलाई अनुरोध गर्न चाहन्छु यदि भीभीआईपीहरू गणतन्त्र र व्यवस्थाविरुद्ध गएर षडयन्त्र गरिहेका छन् भने तिनीहरूको सुविधा खोसिनुपर्छ।'

उनले आफू स्थापित हुन परिवर्तनका लागि लडेका पार्टीविरुद्ध केही शक्ति लागिपरेको भन्दै तिनीहरूबाट सावधान हुनुपर्ने बताए।  

भुटानी शरणार्थी प्रकरणमा तीन पार्टीले बालुवाटारमा बसेर मिलाउने गरी छलफल गरिरहेको भन्ने कुरा निराधार भएको बताए। उनले भने,'उहाँ तीन पार्टी को हुन् उहाँहरूले बोल्नु त भएन । तर म भन्न चाहन्छु यस्ता साथीहरूलाई तीन पार्टी होइन। रातिको समयमा तपाईहरू पनि आफू बच्न बालुवाटार गएर कसरी म्याउँम्याउँ गर्नु भएको थियो। त्यो पनि हामीले बुझेका छौं।'

नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन पार्टीलाई दोष देखाएर कोही निर्दोष नहुने उनको भनाइ छ।  उनले भने,' अरूलाई आलोचना देखाएर आफू स्थापित हुन्छु भन्ने नसोचे हुन्छ।' नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आफ्ना नेताहरूलाई छुटाउन नेकपा एमाले,नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेको विषय बाहिरिएको थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.