काठमाडौंमा सम्पदा घुम्ती बस सेवा

काठमाडौंमा सम्पदा घुम्ती बस सेवा
सुन्नुहोस्

पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म सहज पहुँच हुने गरी मंगलबारदेखि ‘सम्पदा घुम्ती बस सेवा’ को परीक्षण सञ्चालन गरिएको हो।

काठमाडौं : काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरूको प्रवद्र्धन गर्ने उद्देश्यले सम्पदा घुम्ती बस सेवा सुरु गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायात, ललितपुरको सहकार्यमा विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदामा घुम्ती सेवा सुरु गरेको हो। 

पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म सहज पहुँच हुने गरी मंगलबारदेखि ‘सम्पदा घुम्ती बस सेवा’ को परीक्षण सञ्चालन गरिएको हो।

पर्यटनमन्त्री सुदन किराती र ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनकले ललितपुरबाट सम्पदा घुम्ती बस  सेवाको शुभारम्भ गरे। बस सेवाको उद्घाटन गर्दै मन्त्री किरातीले यो बस सेवा सञ्चालनले काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवद्र्धन हुने अपेक्षा गरिएको बताए।

उनले उपत्यकाको पर्यटन प्रवद्र्धनका लागि यो सानो प्रयास भएको बनाउँदै यसको परीक्षणपश्चात् सेवा विस्तार गरिने  जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.