नीति तथा कार्यक्रममाथि आज पनि छलफल (लाइभ)
काठमाडौं : सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आज पनि सांसदहरुले छलफलमा भाग लिँदैछन्।
नीति तथा कार्यक्रममाथि संसदमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहित शीर्ष नेताले सम्बोधन गरिसकेका छन् ।
नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल एमाले कडारूपमा प्रस्तुत भएको छ। एमाले र राप्रपाले सरकारले पेश गरेको नीति तथा कार्यक्रमको गन्तव्य नभएकाले पुर्नलेखन गर्नुपर्ने धारणा राखेका छन्।