ग्राहकबाट बढी शुल्क लिने पेट्रोल पम्पलाई दुई लाख जरिवाना
रामेछाप : जिल्लाको मन्थली नगरपालिका-१ मा रहेको लक्ष्मी आयल स्टोरलाई दुई लाख जरिवाना गरिएको छ।
नेपाल आयल निगमले तोकेको मूल्यभन्दा बढीमा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएपछि जरिवाना गरिएको हो।
सोमबार सहायक प्रमुख जिल्ला अधिकारी अनोज घिमिरेको नेतृत्वमा पुगेको अनुगमन टोलीले स्टोरले मूल्य सूची र प्रचलित ऐन अनुसार बिल बिजक जारी नगरेको र बढी मूल्य लिएको पाएपछि जरिवाना गरेको हो।
बढी मूल्य लिएको उजुरीका आधारमा टोली त्यहाँ पुगेको थियो। स्टोरलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड 'ङ' अनुसार कसुर देखिएकाले सोही ऐन को दफा २९ को खण्ड 'ख' बमोजिम २ लाख जरिवाना गराइएको पनि घिमिरेले बताए।