रुकुम पूर्वमा नक्कली मह नष्ट
![रुकुम पूर्वमा नक्कली मह नष्ट](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_0riAoltjm2_UvpKErDbVl.jpg)
रुकुम पूर्व : रुकुम पूर्वमा नक्कली मह नष्ट गरिएको छ। आइतबार कार्यालय परिसरमा २ सय २२ किलो नक्कली मह नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमकोटले जनाएको छ।
जिल्लाको भूमे गाउँपालिका-२ मा रहेको इलाका प्रहरी चौकी काक्रीको टोलीले गस्तीका क्रममा खाबाङ बगरबाट शनिबार मह जस्तो देखिने अखाद्य वस्तु बेवारिसे अवस्थामा फेला पारेको थियो।
पहेंलो ८ वटा जरकिन र १६ वटा सानो प्लास्टिकको डब्बामा अखाद्य वस्तु फेला परेको थियो। यसबारे प्रहरीले अध्ययन सुरु गरेको छ।
यसअघि पनि ८० किलो भीर मौरीको मह जिल्लाभित्रै बेवारिसे अवस्थामा फेला परेको मह डिभिजन वन कार्यालयमा परीक्षणपछि लिलाम गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गणेश पाण्डेले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)