भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने गरी तयारी भइरहेको छ : प्रचण्ड

भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने गरी तयारी भइरहेको छ : प्रचण्ड

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै हुन लागेको भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने गरी तयारी भइरहेको बताएका छन्। अखिल नेपाल ट्रेड युनियन महासंघको कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले भारत भ्रमण नयाँ रेकर्ड बनाउने गरी तयारी भइरहेको उद्घोष गरेका हुन्।

‘मैले निकट भविष्यमा नै हुन लागेको भारत भ्रमणका क्रममा पनि केही रेकर्डहरु बनाउन सकिन्छ भन्ने विस्वासका साथ तयारी भएको छ।’उनले भने, ‘मलाई लाग्छ, केहि रेकर्डहरु नेपाल र नेपाली जनताको पक्षमा नेपालको राष्ट्रको पक्षमा बनाउने मेरो पूरै कोसिस छ। ’ 

उनले अन्तराष्ट्रिय क्षेत्रमा पनि नेपालको विकास र समृद्धिको पक्षमा नयाँ पहल कदमी लिन जोड गरेको उल्लेख गरे। उनले नयाँ इतिहास बनाउन सम्भव भएको दाबी गरेका छन्। 

उनले अहिले सरकार सुशासन, विकास र समृद्धिको नयाँ संकल्पसहित अगाडि बढेको दाबी गरे। प्रचण्डले भने,‘हामीलाई दबाव छ । तर जनताको साथ छ । सरकारको काममा जनताको उत्साह देखिएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.