सरकारको नीति तथा कार्यक्रमबारे नेताहरूले के भने?

सरकारको नीति तथा कार्यक्रमबारे नेताहरूले के भने?
सुन्नुहोस्

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले ल्याएको कार्यक्रमको कार्यान्वयनमा जोड दिने बताएका छन्।

नीति तथा कार्यक्रम प्रस्तुत भएपछि शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री महतले इमान्दार भएर सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने र परिणाम आउने बताए।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुनै पनि कार्यक्रम कार्यान्वयन नभए कुनै अर्थ नरहने बताए। उनले सरकारले कार्यक्रममाथि विरोध वा समर्थनभन्दा पनि कुन ढंगले कार्यान्वयन गर्छ भन्ने मुख्य कुरा भएको बताए।

त्यस्तै एमाले नेता योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमलाइ प्राण नभएको संज्ञा दिए। नीति तथा कार्यक्रमले वर्तमानका समस्या सम्बोधन गर्ने ठोस आधार समात्न नसकेको र मुलुकको बिभिन्न चुनौती समाधान गर्न नसक्ने बताए।

त्यस्तै कांग्रेस नेता प्रदीप पौडेलले कार्यान्वयनको अवस्थाका बारेमा प्रष्ट रुपमा नआए पनि नीतिगत र सैद्धान्तिक कुरा राम्रो भएको बताए। संसद र सरकार मिलेर कार्यक्रम कार्यान्वयन गर्नुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.