नीति तथा कार्यक्रमले मजबुत अर्थतन्त्र निर्माण हुने राष्ट्रपति पौडेलको विश्वास

नीति तथा कार्यक्रमले मजबुत अर्थतन्त्र निर्माण हुने राष्ट्रपति पौडेलको विश्वास

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले  आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमले समृद्ध नेपाल निर्माणका साथै संघीयताको प्रभावकारी कार्यान्वयन हुने र मजबुत अर्थतन्त्र निर्माण हुने विश्वास व्यक्त गरेका हुन्।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रमले संघीयताको प्रभावकारी कार्यान्वयन हुने र मजबुत अर्थतन्त्र निर्माण हुने विश्वास व्यक्त गरेका हुन्।

आर्थिक प्रशासनलाई पारदर्शी,नतिजामुखी र सूचना प्रविधिमा आधारित बनाइने पनि नीति तथा कार्यक्रममा जनाइएको छ ।  पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा देखिएको समस्यालाई पनि नीति तथा कार्यक्रमले समेटेको छ । 

त्यस्तै कार्यक्रममा आयोजना वर्गीकरण निर्देशिक बमोजिम तीन तहमा सञ्चालन हुने आयोजनाको वर्गीकरण गरी बजेट व्यवस्था गरिने र मध्यमकालीन खर्च संरचना र परियोजना बैंकलाई तीनै तहमा संस्थागत गरिने उल्लेख गरिएको राष्ट्रपति पौडेलले बताए। 

त्यस्तै उनले सरकारले संघ र प्रदेशबीच कार्य क्षेत्र स्पष्ट हुने गरी यातायात नीति बनाउने पनि बताए । सबै किसिमका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गर्दै लैजाने उनले बताए । सरकारको नीति तथा कार्यक्रममा शान्ति प्रक्रियाका कामलाई दुई वर्षभित्र टुङ्गोमा पुराउने,भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्रता दिने लगायतका कार्यक्रम उल्लेख गरिएको राष्ट्रपति पौडेलले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.