फैसलाको डेढ वर्षपछि पक्राउ
अदालतले दोषी ठहर गरी कैद फैसला गरेपछि फरार रहेका एक जना दोषीलाई नुवाकोटमा प्रहरीले पक्राउ गरेको छ। सजायका लागि पक्राउ परेका युवककलाई कारागार चलान गरिएको छ।
नुवाकोट : अदालतले दोषी ठहर गरी कैद फैसला गरेपछि फरार रहेका एक जना दोषीलाई नुवाकोटमा प्रहरीले पक्राउ गरेको छ। सजायका लागि पक्राउ परेका युवककलाई कारागार चलान गरिएको छ।
सवारी ज्यान मुद्धामा नुवाकोट जिल्ला अदालत विदुरको २०७८ साल मंसिर २ गतेको फैसला अनुसार ३ महिना कैद सजाय फैसला भई फरार रहेका नुवाकोटकै बेलकोटगढी नगरपालिका ३ का बोधप्रसाद गौतमलाई प्रहरीको विशेष टोलीले पक्राउ गरी नुवाकोट जिल्ला अदालतमा पेश गरेकोमा अदालतले कैसद सजायका लागि कारागार चलान गरेको छ।
नुवाकोट जिल्ला अदालतको पत्रअनुसार सजाय भुक्तानका लागि कारागार कार्यालय नुवाकोट पठाइएको प्रहरी नायव उपरीक्षक खगेन्द्रवहादुर खड्काले जानकारी दिए। नुवाकोटमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।