नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही हुनुपर्छ : मुख्यमन्त्री जम्कट्टेल

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही हुनुपर्छ : मुख्यमन्त्री जम्कट्टेल
सुन्नुहोस्

रामेछाप : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएकाहरू कानुनबमोजिम दण्डित गर्नुपर्ने बताएका छन्।  

सोमबार मन्थली नगरपालिका-१ मा रहेको मन्थली माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण तथा उद्घाटन समारोहलाई सम्बोधन गर्दै जम्कट्टेलले यस्तो धारणा राखेका हुन्। 

जम्कट्टेलले भने, 'को कुन पार्टीको भन्दा पनि कति दोषी हो भन्ने कुराका आधारमा कारबाहीको दायरामा ल्याउनुपर्छ।' यस्तै संघीयताको प्रसंगमा बोल्दै उनले संघीयता खारेजी सम्भव नभएको बताएका छन्। 

‘संघीयता चाहिँदैन कि चाहिँदैन भनेर ठूलो बहस निकालिँदै छ, तर त्यो बहस आवश्यक छैन,’ मुख्यमन्त्री जम्कट्टेलले भने, ‘नागरिकको माग त्यो होइन, त्यसैले त्यो सम्भव पनि छैन।’ 

मुख्यमन्त्री जम्कट्टेलले भने, ‘संघीयता चाहिँदैन भन्ने तत्त्व विकास विरोधी र राजतन्त्रको मतियार हुन्। उनीहरू अँध्यारो कोठामा बसेर संघीयता फाल्ने योजना बनाइरहेका छन्, तर त्यो सम्भव छैन। त्यस्तो हर्कतमा हाल कोही नलागेकै राम्रो।’ 

जनताको ठूलो त्याग र बलिदानबाट आएको यो व्यवस्थालाई कमजोर नआक्न पनि उनले आग्रह गरे । ‘संघीयता खारेजी हुँदा केवल प्रदेश नरहने कुरा मात्रै हुँदैन,’ उनले भने, ‘प्रदेश सरकार गयो भने स्थानीय सरकारसमेत रहँदैन, संघीय स्वरूप फेरिन्छ।’ 

संघ पहिलेको जस्तो राज्य व्यवस्थामा जाँदा स्थानीय सरकार पनि पहिलेको गाविसको जस्तो मोडेलमा जाने उनले जिकिर गरे। भवन एसियाली विकास बैंकको ऋण सहयोगमा पुनर्निर्माण गरिएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.