पोखरीमा डुबेर युवकको मृत्यु
पाल्पा : पाल्पाको तिनाउँ गाउँपालिका–३ भुतखोलास्थित पोखरीमा डुबेर आज एक युवकको मृत्यु भएको छ।
रुपन्देही सिद्धार्थ नगरपालिका–१२ बेलहीया बस्ने २० वर्षीय शिवम जैसवाल आफ्ना साथीसँग घुम्ने क्रममा बिहान साढे दश बजे अचानक आफैँ चिप्लिन गई पानीमा डुबेर मृत्यु भएको हो।
पानीमा डुब्ने बित्तिकै प्रहरी चौकी दोभानबाट प्रहरी टोली खटिएर उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।