बैशाख तेस्रो साता प्रधानमन्त्री प्रचण्ड भारत जाँदै, मन्त्रिपरिषद्ले मिति टुंग्याउने

बैशाख तेस्रो साता प्रधानमन्त्री प्रचण्ड भारत जाँदै, मन्त्रिपरिषद्ले मिति टुंग्याउने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैशाखको तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने भएका हुन् । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गत सोमबार बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी भारत भ्रमणको औपचारिक निम्तो दिएको स्रोतले बताएको छ ।

राजदूत श्रीवास्तव अघिल्लो साता प्रधानमन्त्री दाहालको भ्रमणको चाँजोपाँजो मिलाउन दिल्ली गएका थिए । आइतबार दिल्लीबाट फर्किएलगत्तै राजदूत श्रीवास्तवले सोमबार प्रधानमन्त्री प्रचण्डसँग भारत भ्रमणको विषयमा छलफल गरेको बालुवाटार स्रोतले बताएको छ । 

प्रधानमन्त्री भएलगत्तै दाहाललाई भारतीय प्रधानमन्त्री मोदीले भ्रमणको निम्तो दिएका थिए । तर, नेपालको आन्तरिक राजनीतिमा भएको उचारचढावले प्रधानमन्त्रीको भारत भ्रमण ढिला हुँदै आएको थियो । स्रोतका अनुसार, जाने निश्चित मिति भने तय भएको छैन् तर बैशाख तेस्रो साता दिल्ली जाने चाँही टुंगिएको छ  । अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमणको मिति टुंग्याउने छ । 

माओवादी केन्द्रका एक नेताले अन्नपूर्णसँग भने,‘प्रधानमन्त्री प्रचण्ड बैशाख तेस्रो साता भारत जाँदै हुनुहुन्छ । प्रधानमन्त्रीलाई स्वागत गर्न भारत तयार रहेको सन्देश पाएका छौं । मिति टुङग्याउन पार्टी र सरकारभित्र छलफल भइरहेको छ ।’

परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरू गरेको छ ।  एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुस ११ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । राष्ट्रपति निर्वाचन, फेरिएको सत्ता गठबन्धन, मन्त्रिमण्डलको पूर्णतालगायतका आन्तरिक समस्याका कारण प्रधामन्त्री दाहालको भारत भ्रमण ढिला भइरहेको थियो । 

भारतले समेत आन्तरिक समस्या हल भएपछि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण गराउने भन्दै उचित समय पर्खिरहेको थियो । सरकारले लगभग पूर्णता पाएको र आन्तरिक समस्याहरू समाधानतर्फ उन्मुख भएको महशुस गरेपछि भारतले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति पक्का गरेको हो । 

राष्ट्रपति बनाउने विषयमा असमझदारी भएपछि प्रचण्डले एमालेसँगको गठबन्धन तोडेका थिए । राष्ट्रपति निर्वाचनका बेला प्रचण्डले नेपाली कांग्रेससँग नजिकिएका थिए । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा सघाएपछि प्रचण्डलाई अहिले कांग्रेसको समर्थन रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.