किसानलाई हाते ट्रयाक्टर

किसानलाई हाते ट्रयाक्टर
सुन्नुहोस्

नुवाकोट : खेती गर्ने मौसम सुरु भएपछि किसानहरुको सुविधाका लागि नुवाकोटको माझिटारमा किसानहरुलाई हाते ट्रयाक्टर वितरण गरिएको छ। यसबाट किसानहरु लाभान्वित भएका छन्। 

बिदुर नगरपालिका ५ माझिटारमा रहेको अक्कलादेवी कृषि सहकारी संस्थाले आफ्ना किसान सदस्यहरुलाई अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको हो। सो सहकारीको पहलमा कृषि ज्ञान केन्द्र नुवाकोटको आर्थिक वर्ष  २०७९-०८० को  स्वीकृत   दलहन बाली  प्रवर्द्धन कार्यक्रमका लागि कृषकहरुलाई  प्रबिधि हस्तान्तरण गर्ने कार्यक्रम अन्तरगत  ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको सहकारीका अध्यक्ष राजकुमार अर्जेलले जानकारी दिए।

अक्कलादेवी कृषि सहकारी संस्थामा आवद्ध १२ जना किसानलाई खेती गर्नका लागि जोतखन गर्नका लागि हाते ट्रयाक्टर प्रदान गरिएको हो। हाते ट्रयाक्टर पाएपछि किसानहरुलाई खेत तथा बारी जोतखन गर्न सुविधा पुगेको कृषि ज्ञान केन्द्र नुवाकोटले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.