चाररातेमा चौँरी महोत्सवको तयारी

चाररातेमा चौँरी महोत्सवको तयारी
फालेलुङ ४ स्थित चाररातेमा चर्दै चौँरी। तस्बिर : भीमकुमार बाँस्कोटा।
सुन्नुहोस्

फिदिम : नयाँ वर्षको अवसर पारेर पाँचथरको फालेलुङ गाउँपालिका ४ चाररातेमा चौँरी महोत्सवको तयारी गरिएको छ। उच्च पहाडको सिमावर्ती क्षेत्रमा आयोजना गर्न लागिएको महोत्सवको उद्घाटन सहरी विकास मन्त्री सिता गुरुङले गर्ने तयारी गरेका हुन्। 

चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण गर्ने उद्देश्य राखेर ‘छैटौँ फालेलुङ चौँरी पर्यटन महोत्वस २०८०’ को तयारी गरिएको हो। चैत ३० देखि वैशाख २ गतेसम्म तीन दिने महोत्सव गर्ने तयारी गरिएको पाँचथर सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। 

तीन हजार पाँच सय ६० मिटरको उचाइमा रहेको नेपाल, भारतको वेष्ट बंगाल र सिक्किमको सिमाना जोडिएको स्थानमा महोत्सव गर्न लागिएको हो। चौँरी संस्कृति लोभ हुदैँ गएकाले त्यसलाई संरक्षणका लागि महोत्सवको आयोजना गरिएको गाँउपालिकाका प्रबक्ता भरत खपाङ्गीले जानकारी दिए ।  

‘चौँरी उच्च पहाडको सौन्दर्य मात्र नभएर सम्पत्ति पनि हो,’ खपाङ्गीले भने  ‘चौँरीको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व ठानेर महोत्सवको तयारी गरिएको हो।’ 

चौँरी विश्वका सात मुलुकमा मात्र पाइन्छन्। महोत्सवमा पाँच सय बढी चौँरीहरु एकैसाथ प्रदर्शन गर्ने तयारी छ। यस क्षेत्रमा प्रयाप्त चौँरी गोठहरु छन्। महोत्सवबाट यहाँको पर्यटनको सम्भावनालाई माथि उठाउने लक्ष्य राखिएको छ। 

बस्तीविहीन जंगली क्षेत्रमा आयोजना गरिने चौरी माहोत्सवमा आन्तरिक र बाह्य गरी तीन हजार बढी पर्यटकलाई सहभागी गराउने आयोजकको तयारी छ। पाँचथर सहित पूर्वी नेपालका ताप्लेजुङ, इलाम, झापा, काठमाडौंदेखि भारतको सिक्किम, दार्जिलिङ, कलकत्ता, सिलिगुडी, भुटान, बर्मा र चिनदेखिका पर्यटकलाई महोत्सवमा सहभागी गराउने आयोजनकको तयारी छ। 

महोत्सवमा चौरीको दूधबाट बनाइएका परिकारहरु, चौंरी र भेडाको उनबाट बनेका बस्तुहरु र लेकाली क्षेत्रमा पाईने जडिबुटी तथा कृषिजन्य बस्तुको स्टलहरु राख्ने तयारी छ। उक्त अवसरमा कञ्चनजंघाको दक्षिणी  बेसक्याम्प पुग्ने सबैभन्दा लामो र मुख्य पदमार्ग शिलान्यास गर्न तयारी गरिएको हो। 

फालेलुङ गाँउपालिका मुख्य आयोजक रहेको महोत्सवमा फालेलुङ कञ्चनजंघा पर्या पर्यटन प्रबर्धन संस्था र दीप ज्योति युवा क्लबले संयक्त रुपमा आयोजना गर्न लागेका हुन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.