कोशीलाई हराउँदै एपीएफ बन्यो मेयर कप च्याम्पियन

काठमाडौं: सिता राना मगर र इन्दु बर्माको शानदार ब्याटिङप्रेरित एपीएफ क्लबले फाइनलमा कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै ललितपुर मेयर कपको उपाधि जितेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एपीएफले मात्रै एक विकेट गुमाएर एक सय ५४ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोशीले ६ विकेट गुमाएर १०० रन मात्रै बनाउन सक्यो।
कोशीका लागि कप्तान रुबिना क्षेत्री ४१ बलमा चार चौकासहित सर्वाधिक ३५ रनको योगदान गरिन्। यस्तै, लकिता राजवंशीले अविजित २१ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
एपीएफका लागि विनु बुढाले सर्वाधिक दुई विकेट लिँदा नेरी थापा, सोनु खड्का र रेखा रावलले कोशी एक-एक ब्याटरलाई पेभेलियन फर्काए।
पहिलो इनिङमा एपीएफका लागि सिता र इन्दुले एक सय ३६ रनको साभेदारी गर्दै उत्कृष्ट ब्याटिङ गरे। सिताले ६८ बलमा ९ चौका र दुई छक्कासहित अविजित ७९ रनको इनिङ खेलिन्। यस्तै, इन्दुले ४१ बलमा पाँच चौका र एक छक्कासहित ५१ रनको अर्धशकीय इनिङ खेलिन्।
दुवै ब्याटर अविजित रहँदा त्यसअघि विकेटकिपर-ब्याटर ज्योति पाण्डे दुई रन जोडेर आउट भएकी थिइन्।
कोशीकी अलिशा खडियाले एक विकेट लिनुबाहेक अन्य बलर विकेटविहीन रहे।
विभागीय टिम एपीएफ लिग चरणबाट शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो भने कोशीले दोस्रो स्थानमा रहेर उपाधि भिडन्तमा स्थान बनाएको थियो।
प्रतिक्रिया दिनुहोस !
