महाराष्ट्ररमा दुई समूहबीच झडप, प्रहरीका गाडीमा आगजनी

सञ्चारमाध्यमसँग कुरा गर्दै केन्द्रीय मन्त्री भागवत कराडले यस क्षेत्रमा रहेको मन्दिरमा केही व्यक्तिले ढुंगा हानेको बताएका छन् । तर यस बारे थप जानकारी आएको छैन।
नयाँ दिल्ली : महाराष्ट्रको संभाजीनगरको किराडपुरा क्षेत्रमा हिजो राति दुई समूहबीच झडप हुँदा कैयौं सवारी साधनमा आगजनी भएको घटना सार्वजनिक भएको छ ।
सञ्चारमाध्यमसँग कुरा गर्दै केन्द्रीय मन्त्री भागवत कराडले यस क्षेत्रमा रहेको मन्दिरमा केही व्यक्तिले ढुंगा हानेको बताएका छन् । तर यस बारे थप जानकारी आएको छैन।
हिजो राति भएको घटनाबारे जानकारी दिँदै प्रहरी आयुक्त निखिल गुप्ताले भने, ‘ढुंगामुढा भएको र केही प्रहरीको गाडीमा आगजनी गरिएको थियो। मानिसलाई तितरबितर पार्न बल प्रयोग गरेका छौँ, अहिले स्थिति शान्तिपूर्ण छ ।'
यस विषयमा प्रतिक्रिया दिँदै, केन्द्रीय वित्त राज्यमन्त्री भागवत कराडले भने, 'धेरै मानिसहरूले यस मन्दिरमा ढुङ्गा हाने र केही पुलिसका गाडीहरू जलाए। हिजो राति यहाँ तनाव भएको थियो । अहिले प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ । र अहिलेको अवस्था शान्तिपूर्ण छ ।' बीबीसी
प्रतिक्रिया दिनुहोस !
