गठबन्धनको बैठक छाडेर प्रचण्ड चितवन प्रस्थान
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गठबन्धनको बैठक छाडेर चितवन प्रस्थान गर्न लागेका छन्। बालुवाटारमा गठबन्धनको बैठक चलिरहेको समयमा उनी हेलिकोप्टरमा चितवन प्रस्थान गरेका हुन्।
गठबन्धनमा आबद्ध दलका शीर्ष नेता अहिले बालुवाटारमा नै रहेका छन्। तर आजको बैठकमा मन्त्रालयको विषयमा सहमति जुट्न नसकेपछि प्रचण्ड बाहिरिएका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भरतपुरस्थित विमानस्थल भवनको शिलान्यास गर्ने कार्यक्रमका लागि प्रचण्ड चितवन गएका हुन्। सचिवालयका अनुसार प्रचण्ड फर्किएपछि शीर्ष नेतासँग छलफल गरेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ।