कुम्मायक गोल्ड कपको उपाधि याङवरकलाई

कुम्मायक गोल्ड कपको उपाधि याङवरकलाई
सुन्नुहोस्

फिदिम : पाँचथरको कुम्मायक गाँउपालिमा सम्पन्न चौथो कुम्मायक गोल्डकपको उपाधि याङवरक गाँउपालिकाले कब्जा गरेको छ । कुम्मायकको केन्द्र यासोक स्थित पृथ्वी माविको मैदानमा भएको फाइनल खेलमा फाल्गुनन्द गाँउपालिकालाई ३-१ गोलले पराजित गर्दै याङवरकले उपाधि कब्जा गरेको हो । 

बिजेता बनेसँगै कुम्मायकले एक लाख ११ हजार एक सय ११ रुपैँया नगद पुरस्कार सहित ट्रफी, मेडल, प्रमाणपत्र र रनिङ शिल्ड हात पारेको छ । उपबिजेतामा सिमित बनेको फाल्गुनन्दले ५५ हजार पाँच सय ५५ रुपैँया नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । 

खेलको पहिलो हाफको ६ मिनेटमा याङवरकका सुमन योङ्याले सुरुवाति गोल गरेका थिए । योङ्याले गरेको थ्रोइङ बल गोलमा परिणत भएको थियो । खेलको ३३ औँ मिनेटमा फाल्गुनन्दका बिनोद नेम्बाङले गोल गर्दै खेललाई बराबरी बनाए ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको अतिरिक्त समयमा याङवरकका पुस्कर काम्वाङले गोल गरेर टिमलाई अग्रता दिलाए । खेलको दोस्रो हाफमा फाल्गुनन्दका खेलाडीले लय समाउन नसक्दा याङवरकसामु फाल्गुनन्द निरिह साबित बन्यो । दोस्रो हाफको १७ मिनेटमा याङवरकका सुमनले गोल गरेर जितलाई निश्चित गरे । 

फाइलन खेलको म्यान अफ दी म्याच याङवरकका पुष्कर काम्बाङ घोषित भए । उनले ५ हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताको सार्वाधिक गोलकर्ता चार गोल गरेका कुम्मायकका बिनोद नेम्बाङ घोषित भए । उनले ५ हजार नगद पुरस्कार प्राप्त गरे । 

प्रतियोगिताको उत्कृष्ठ खेलाडी याङवरकका जमिन लिम्बू घोषित भए । उनले १५ हजार नगद पुरस्करा प्राप्त गरे । बेष्ट डिफेन्समा फाल्गुनन्दका दिपेश आङ्देम्बे घोषित भए । उनले ५ हजार नगद पुरस्कार प्राप्त गरे । 

बेष्ट गोलकिपर घोषित भएका याङवरकका रबिन बेघाले ५ हजार पुरस्कार प्राप्त गरे । उदयमान खेलाडीमा कुम्मायकका सुशील लावतीले ५ हजार नगद पुरस्कार प्राप्त गरे । 
बेष्ट मिडफिल्डरमा फाल्गुनन्दका ऋतिक आङ्देम्बे घोषित भए । उनले ५ हजार नगद प्राप्त गरे । बेष्ट फरवार्डमा याङवरकका सुमन योङ्या घोषित भए । उनले ५ हजार प्राप्त गरे । बेष्ट कोचमा याङवरकका तुफान क्षेत्री पुरस्कृत बने । उनले ५ हजार नगद पुरस्कार प्राप्त गरे । 

प्रतियोगिताको बिजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि कुम्मायक गाँउपालिकाका अध्यक्ष बम प्रसाद लावतीले पुरस्कार प्रदान गरे । कुम्मायक स्पोर्टिङ क्बलको आयोजनामा सम्पन्न खेलमा पाँचथरका आठ वटा स्थानीय तहका फुटबल टिमले सहभागिता जनाएका थिए । प्रतियोगिता क्लबका अध्यक्ष रोहन घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.