स्कुटरमा लुकाएर ब्राउन सुगर ल्याउने दुई जना पक्राउ

स्कुटरमा लुकाएर ब्राउन सुगर ल्याउने दुई जना पक्राउ
सुन्नुहोस्

झापा : स्कुटरको भाइजरभित्र लागू औषध ब्राउन सुगर ल्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्कुटर चालक शिवसताक्षी नगरपालिका– १ निवासी २४ वर्षीय प्रजन्त राई र सोही स्कुटरको पछाडि सवार बाँके नेपालगन्ज उपमहानगरपालिका ६ घर भइ हाल बिर्तामोड नगरपालिका– १ मा डेरा गरी बस्ने २१ वर्षीय सोहन भडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। 

प्रहरीका अनुसार मङ्गलबार दिउँसो साढे ४ बजे इलाका प्रहरी कार्यालय र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले मेचीनगर नगरपालिका– ६ स्थित पुरानो मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेको मे १० प ३८०७ नम्बरको स्कुटरमा उनीहरूलाई शङ्का लागि चेकजाँच गर्दा ४ ग्राम ब्राउन सुगर फेला परेको थियो। 

उनीहरूले स्कुटर भाइजरभित्र लुकाइछिपाइ ब्राउन सुगर ल्याएका थिए। पक्राउ परेका दुबै जनालाई  इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.