मनमोहनमा योग तथा प्राकृतिक चिकित्सा शिक्षा पढाइ हुने

मनमोहनमा योग तथा प्राकृतिक चिकित्सा शिक्षा पढाइ हुने
सुन्नुहोस्

विराटनगर : मोरङको बुढीगंगा-४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले योग तथा प्राकृतिक चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्ने भएको छ।

कोशी प्रदेश सरकारद्वारा स्थापित प्राविधिक विश्वविद्यालय देशमै पहिलो पटक उक्त विषयको पठनपाठन सुरु गर्ने भएको हो। 

विश्वभर प्राकृतिक चिकित्सा शिक्षाको बढ्दो मागलाई दृष्टिगत गर्दै दक्ष जनशक्त्ति उत्पादनको उद्देश्यका साथ उक्त विषयको पठनपाठन सुरु गर्न लागिएको विश्वविद्यालयले जनाएको छ। 

विश्वविद्यालयका अनुसार रोजगारमा आत्मनिर्भर बनाउन पनि स्नातक र स्नातकोत्तर तहमा योग तथा प्राकृतिक चिकित्साको पढाइ सुरु गर्न लागिएको हो।

पठनपाठन सुरु गर्न हाल नेपाल र भारतका विज्ञहरूबाट पाठयक्रम निर्माणको काम धमाधम भइरहेको मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुभाष श्री पोखरेलले बताए। 

पाठयक्रम निर्माण लगत्तै अनुमति लिएर पहिले स्नातक र त्यसपछि स्नातकोत्तरको कक्षा सञ्चालनको तयारी रहेको उनले जानकारी दिए।

रोग लागेर अस्पताल धाउनुको सट्टा रोग नै लाग्न नदिन प्राकृतिक चिकित्सा शिक्षा अत्यन्तै महत्वपूर्ण रहेको विश्वविद्यालयका कुलपति एवम् कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले बताए। 

उनले भने, ‘शौचालय, खानेपानी, वातावरण र आहार स्वस्थ बनाउने उपाय मात्र पनि हामीले अवलम्बन गर्‍यौं भने धेरै रोगबाट बच्न सकिन्छ। त्यसकारणले पनि प्राकृतिक चिकित्सा शिक्षा समय सान्दर्भिक छ।’

कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफूहरूले प्रदेशका सबै विद्यालयमा योग शिक्षा लागू गर्न खोजे पनि दक्ष जनशक्त्तिको अभावले गर्दा सम्भव नभएको बताए। 

उनले नेपाल मात्र नभई भारतमा पनि प्राकृतिक चिकित्सा अध्ययन गरेका दक्ष जनशक्त्तिको माग उच्च रहेको जानकारी दिए।

प्राकृतिक स्वास्थ्य विज्ञ डाक्टर जनक बस्नेतले दक्ष जनशक्त्तिको अभावमा नेपालमा सञ्चालित नेचुरोप्याथी अस्पतालहरूले चरण समस्या झेल्नुपरेको बताए। 

उक्त अस्पतालहरूले भारतबाट चिकित्सक र अन्य जनशक्त्तिहरू ल्याउन बाध्य भइरहनु परेको उनले जिकिर गरे। उनले प्राकृतिक चिकित्सा शिक्षा अध्ययनका नलागि समेत भारत जानुपरेको सुनाए।

२०६५ सालमा स्थापना भई डिप्लोमा लेभलका सिभिल, इलेक्ट्रोनिक र इलेक्ट्रिकल इन्जिनियरिङ गरी तीनवटा विषयको पठनपाठन सुरु गरेको मनमोहनमा हाल सातवटा शैक्षिक कार्यक्रमहरू सञ्चालनमा छन्। 

२०६९ सालमा सिभिलको पठनपाठन सुरु गरेको कलेजले २०७२/०७३ देखि आर्किटेक्चर र इलेक्ट्रिकल्स तथा इलेक्ट्रिोनिक्स इन्जिनियरिङ भित्र्याएको हो। 

मनमोहनमा हालै डिप्लोमा इन इन्फरमेसन टेक्नोलोजी, स्कुल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेस अन्तर्गत स्नातक तहको फार्मेसी र पब्लिक हेल्थ विषयको पठनपाठन समेत सुरु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.