फिदिम नगरका स्वास्थ्य शाखा सह-संयोजक श्रेष्ठ ओछ्यानमा मृत फेला

फिदिम नगरका स्वास्थ्य शाखा सह-संयोजक श्रेष्ठ ओछ्यानमा मृत फेला
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

फिदिम :  फिदिम नगरपालिकाको स्वास्थ्य शाख सह- संयोजक प्रवेशकुमार श्रेष्ठ मृत फेला परेका छन् । धनकुटाको चौबिसे गाँउपालिका १ छ नम्बर बुधबारे बजारमा घर भएका श्रेष्ठ केही वर्षदेखि फिदिम नगपालिकाको स्वास्थ्य शाखामा कार्यरत थिए । 

बिहीबार अबेरसम्म कार्यालयमा हाजिर नभएपछि खोजि गर्दा श्रेष्ठलाई उनी सुत्ने कोठाको ओछ्यानमा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरी खतिवडाले जानकारी दिए ।  फिदिम नगरपालिका ४ स्थित गीता गुरुङको घरमा कोठा लिएर श्रेष्ठ बस्दै आएका थिए । 

प्रहरीका अनुसार उनी सुत्ने कोठाको दैलो भित्रबाट लक गरिएको थियो । फोन गर्दा नउठेपछि कोठामा हेर्न जाँदा सुतिरहेको अवस्थामा श्रेष्ठलाई मृत अवस्थामा भेटिएको थियो । 

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.