पारिवारिक झगडाका कारण पाकिस्तानमा एक नेतासहित ११ जनाको हत्या

पारिवारिक झगडाका कारण पाकिस्तानमा एक नेतासहित ११ जनाको हत्या
सुन्नुहोस्

पेशावर : बन्दुकधारीहरूले उत्तरपश्चिम पाकिस्तानमा एक प्रमुख स्थानीय राजनीतिज्ञसहित ११ जनाको हत्या गरेका छन्। परिवारबीचको दसक लामो प्रतिशोधका कारण उनीहरूको हत्या गरिएको प्रहरीले जनाएको छ। 

पाकिस्तानमा अन्तर-पारिवारिक झगडा सामान्य मानिन्छ। खैबर पख्तुनख्वा प्रान्तको जिल्ला परिषद्का नेता ४२ वर्षीय आतिफ मुन्सिफ खानको सोमबार राति इस्लामाबादबाट ३३ किलोमिटर उत्तरमा रहेको हवेलियन सहरमा हत्या भएको प्रहरीले जनाएको छ।

खान, अंगरक्षक र प्रहरसहित १० जनालाई बोकेको गाडीमा दुई तर्फबाट पाँच जनाले गोली चलाएको र ती सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी अधिकारी ओमर तुफेलले एएफपीलाई बताए।

 
गाडीमा आगजनी गरिएको र सवार सबै जिउँदै जलेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। जलेका शवहरू अहिले पहिचान बाहिर भएको तुफेलको भनाइ छ। 

खान परिवारले आफ्ना प्रतिद्वन्द्वीहरूलाई हत्याको दोष लगाउँदै लगभग पाँच दशक पुरानो झगडाको कारण देखाउँदै  पुलिसमा उजुरी दर्ता गरेका तुफेलले जानकारीले दिए

पुनारो झगडाको कारण खानका बुबा र हजुरबुबाको पनि ज्यान गएको बताइएको छ। अर्को स्थानीय वरिष्ठ प्रहरी अधिकारी, साजिद तानोलीले घटनाको पुष्टि गरे। 
खान इमरान खानको नेतृत्वमा पाकिस्तान तहरीक-ए-इन्साफ 'पीआईआई' पार्टीका सदस्य थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.