प्रदेशको नाम खारेजीको माग गर्दै विराटनगरमा प्रदर्शन

प्रदेशको नाम खारेजीको माग गर्दै विराटनगरमा प्रदर्शन
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ। प्रदर्शनका क्रममा स्थानीय प्रशासनले घोषणा गरेको निषेधित क्षेत्रमा प्रदर्शनकारी प्रवेश गरेका छन्।

त्यस क्रममा प्रहरीले अश्रुग्याँस र हवाइ फायर गरेको थियो। त्यसको विरुद्धमा आक्रोशित भएका प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गर्दै चर्को नाराबाजी समेत गरेका छन्। 

उनीहरूले एमालेको विरुद्धमा पनि नाराबाजी गरेका छन्। प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय छेउ रोडशेषमा प्रदर्शनकारी पुगेका थिए। 

जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो। उक्त क्षेत्रमा प्रदर्शनकारी जान खोजेपछि अश्रुग्याँस प्रहार गरिएको प्रहरीको दाबी छ। 

सो क्रममा केही राउण्ड हवाइ फायर समेत भएको प्रदर्शनमा सहभागीले बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.