कक्षाकोठामै भान्छा

कक्षाकोठामै भान्छा
सुन्नुहोस्

रौतहट : जिल्लाको एक सामुदायिक विद्यालयमा कक्षाकोठामै भान्छा सञ्चालन गर्नुपर्ने बाध्यता छ। 

चन्द्रपुर नगरपालिका-५, राजपैडामा आधुनिक प्राथमिक विद्यालयमा कक्षाकोठाको अभाव हुँदा उक्त समस्या देखिएको हो। विद्यालयका अनुसार एउटा कोठमा कक्षा ३ र ४, अर्को कोठामा कक्षा ५ र किचेन र एक ठाउँमा कक्षा १ र २ को कक्षा सञ्चालन हुँदै आएको छ। 

null

विद्यालयका प्रधानाध्यापक किशोरी चौधरीले एउटै कोटामा कक्षा र किचेन सञ्चालन गर्दा धेरै समस्या भएको बताए। विद्यालयको भौतिक सुधारका लागि पहल गरे पनि समस्या समाधान नभएको प्रधानाध्यापक चौधरीको भनाइ छ।

एउटै कोठामा एउटा कुनामा एउटा विषय, अर्को कुनामा अर्को कक्षाका विद्यार्थी पढ्दा समस्या हुने गरेको शिक्षिका लक्ष्मी थापाले बताइन्। कोठामा दिवा खाजाका लागि खाद्यान्न, ग्यास, चुलो राखिएको छ भने सोही कोठाको एक छेउमा बालबालिका पढ्छन्।

null

विद्यालयको अवस्था सुधारका लागि नगरपालिका तथा वडा कार्यालयमा पटक पटक अनुरोध गरे पनि सुनवाइ नभएको शिक्षकहरू बताउँछन्। माथिल्लो कक्षामा पढ्ने विद्यार्थीले बेन्चमा बसेर पढ्न पाए पनि  बाल कक्षामा पढ्ने ४७ जना विद्यार्थी चिसो भुँईमा बसेर पढ्न बाध्य छन्। 

यो विद्यालय २०५० सालमा स्थापना भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.