१० दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी
काठमाडौं: १० दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी छ।
राष्ट्रपति र उपराष्ट्रपति गठबन्धन दलको समझदारी अनुसार निर्वाचित भएपछि यो पहिलो बैठक हो।
बैठकले गठबन्धनको भावी रणनीति र कार्ययोजना बनाउने बताइएको छ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने, सरकारलाई पूर्णता दिने तथा भोलि चैत ५ गतेलाई बोलाइएको संसदका विषयमा छलफल हुने बताइएको छ।