सहिदको नामावली राजपत्रमा प्रकाशित (सूचीसहित)

सुन्नुहोस्
Powered by
ONE
फागुन १५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय गरे अनुसार जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म सहिद भएकाको नामावली राजपत्रमा प्रकाशित गरिएको हो।
काठमाडौं : सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । फागुन १५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय गरे अनुसार जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म सहिद भएकाको नामावली राजपत्रमा प्रकाशित गरिएको हो।
७७ जिल्लाबाट प्राप्त अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको हो। सचिव विनोद प्रकाश सिंहले जारी गरेको सूचीमा भनिएको छ,‘नेपालको राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि भएको सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने देहायका व्यक्तिहरुलाई सम्मानस्वरुप नेपाल सरकारले देहायका मितिमा शहिद घोषणा गर्ने निर्णय गरेकोले नेपाल सरकारको मिति २०७९/११/१५ को निर्णयानुसार यो सूचना प्रकाशन गरिएको छ।’
प्रतिक्रिया दिनुहोस !
